प्रेम सुनार | कात्तिक १७, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक १७, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्"/>
२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म त वेलायतको प्रधानमन्त्री हुनु पर्ने मान्छे हुँ’

२०७४, १७ कार्तिक शुक्रबार १३:५४

प्रेम सुनार | कात्तिक १७, गुल्मी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् ।  ‘आफु गुल्मी क्षेत्र नम्वर २ को सांसद भएको कार्यकालमा गरेको विकास हेर्ने हो भने आफु त बेलायतकै प्रधानमन्त्री हुनु पर्ने हो, उनले प्रेश  युनियन गुल्मीले  आयोजना गरेको कार्यक्रममा भने– ‘ यति विकास  गर्दा पनि तपाई पत्रकारले लेखी दिनु हुन्न भने मेरो भन्नु केहि छैन् ।

गुल्मी क्षेत्र नम्वर २ मा  बिस वर्ष अघि देखिका सांसदहरुले गर्न नसकेको काम आफुले एउटै कार्यकालमा गरेको दावा गर्दै यति विकास गर्ने नेता त वेलायतकै प्रधानमन्त्री हुनु पर्ने मान्छे होईन र ?  विपक्षी राजनैतिक दलका नेताहरुबाट फेशवुके विकास प्रेमी नेताको सज्ञा पाएका उनले भने जसले विकास गर्छ उसले त लेखी हाल्छ नि, नगर्नेले कहाँबाट लेखोस भन्ने जवाफ दिए । आफुले जस्तो विकास यहाँका अरु जनप्रतिनिधीहरुले गर्न नसकेको कुरा पटक पटक दोहराएका नेता भण्डारीले फेरी पनि आफुले जिते नमुना जिल्ला बनाउने उद्घोष गरे । 

नेपाली भाषको जननीको रुपमा रहेको सँस्कृत भाषालाई प्रत्येक विद्यालयमा अनिवार्य पाठ्यक्रममा समावेश गर्ने, माथिबाट पहिरो खसेर बर्षेनी नागरिकले ज्यान गुमाउने गरेको तम्घास–पाल्पा–बुटबल सडकको स्तरोन्नती गर्ने लगायतका विकास निर्माण ल्याउने आश्वासन दिए  । त्यस्तै एसियाकै नमुना रिडीको पुल, रिडिधाम मेला, पर्यटकिय क्षेत्र रेसुङ्गा, विचित्र गुफा लगायतको संरक्षण र प्रचार प्रसार गरी पर्यटकको सङ्ख्यामा बृद्धि गर्ने पनि नेताहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारीले आफूले जिल्लामा थुप्रै विकास निर्माणका कामहरु गरेको दाबी गरेका छन् । उनले नामै किटान गरी जिल्लाका विभिन्न स्थानमा विकासका लागि थुप्रै बजेट पारेको तर ठेकेदार केहि नेताहरु मिलेर रेसुङ्गा बिमानिस्थल जस्ता महत्वपूर्ण काम नभएको समेत आरोप लगाए । त्यसका साथै केन्द्रिय सदस्य भण्डारीले गुल्मी जिल्ला जडिबुटिका हिसाबले अन्त्यन्तै महत्वपूर्ण रहेको, मदाने, रेसुङ्गा लगायतका क्षेत्रमा पर्यटनहरु प्रशस्त आउने भएकोले पनि यी र यस्ता क्षेत्रको महत्वपूर्ण विकास गरी जिल्लालाई नमुना बनाउने उनको भनाई छ  ।

त्यस्तै पार्टीका सिद्धान्तहरु एक ठाउँमा राख्दै जनताको हक, हितमा लाग्नुपर्नेमा पनि उनले जोड दिए । क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार चन्द्र केसीले क्षेत्र नम्वर २ ले नयाँ नेताको खोजी गरेको दावि गर्दै आफ्नो र सिङ्गो नेपाली कांग्रेसको जित सुनिश्चित भएको बताए । उनि पत्रकारहरु प्रति भने अलि आक्रमक भएर आलोचना गरी रहेका थिए । कार्यक्रममा प्रदेश १ का उमेदवार पृथ्पीबहादुर फौदार , प्रदेश २ का धनेन्द्र कार्की , प्रदेश १ का उमेदवार शालिक पन्थी र ४ का उमेदवार छन्दबहादुर पहराईले पनि आफुहरुको जित सुनिश्चित भएको दावि गरेका थिए ।

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो