2026-10-01 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाली निर्मल पुर्जासहित १० आरोही पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन

साउन १५, काठमाडौं। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको छ। पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो र त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।

आरोही टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अर्का एक विदेशी आरोही रहेका छन्। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गर्दै मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। क्लबले उपलब्ध सबै स्रोत–साधन तत्काल परिचालन गर्ने प्रयास भइरहेको भन्दै सम्पूर्ण आरोहीहरूको सकुशल उद्धारको कामना गरेको छ।

निर्मल पुर्जा विश्वकै चर्चित पर्वतारोहीमध्ये एक हुन्। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल १८९ दिनमै आरोहण गरेर विश्वव्यापी चर्चा बटुलेका थिए। उनको उक्त ऐतिहासिक यात्रालाई नेटफ्लिक्सको 14 Peaks: Nothing is Impossible वृत्तचित्रमा समेत समेटिएको छ। हालसम्म टोलीको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन भने उद्धार अभियान मौसममा निर्भर रहने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो