२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु

२०७४, २४ कार्तिक शुक्रबार ०७:२६

कात्तिक २४, मंगलबारे, इलाम (रासस) | इलाम नगरपालिका–एक साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु भएको छ । पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो । 

रु ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको उक्त शिक्षालयमा करिब रु २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अम्बिका गौतमले बताउनुभयो । पहिलो वर्ष पशु विज्ञान, दोस्रो वर्ष कृषि र वन तथा तेस्रो वर्ष खाद्य तथा डेरी विषयको पढाइ शुरु गरिनेछ । 

छुट्टाछुट्टै तीन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गराइने शिक्षालय मेची अञ्चलमा पहिलोपल्ट निर्माण भइरहेको हो । यहाँ पशु विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थी छन् । पाँचजना प्रशिक्षक रहेको कार्यालय प्रमुख होम अधिकारीले बताउनु भयो । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिईअन्तर्गत निर्माण गरेको उक्त शिक्षालयमा निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । 

आगामी वर्षसम्ममा निर्माण सम्पन्न हुनेछ । १५८ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा प्रशासनिक भवन, शैक्षिक, छात्रावास, आवास भवन बनाइएको छ । एक शैक्षिक सत्रमा ३६० विद्यार्थी अध्ययन गर्नसक्ने क्षमताको शिक्षालय मेची अञ्चलमै पहिलो हो । मेची राजमार्गसँगै जोडिएको साँखेजुङको रूम्दाली डाँडामा शिक्षालय निर्माण भएपछि आसपासका क्षेत्रमा चहलपहल शुरू भएको छ । 

यसअघि धनकुटा, भक्तपुर, जुम्ला, दाङ, दोलखामा प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् । देशका रौतहट, सप्तरी, पाँचथर, सुनसरीलगायत मेची अञ्चलका जिल्लाबाट विद्यार्थी भर्ना हुन आइरहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । आगामी वर्षदेखि थप कक्षाहरु सञ्चालन हुने बताइएको छ । आफ्नै घर–आँगनमा प्राविधिक शिक्षाको पठनपाठन शुरु भएपछि स्थानीय हर्षित छन् । देउमाई नगरपालिकाका युवराज आचार्यले प्राविधिक विषय लिएर पढ्न अनि चाँडै जागिरको अवसर मिल्ने भन्दै खुशी व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा