2026-07-09 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा तिज गीत प्रतियोगिता

भदौ २०, सल्यान । मानव बेचबिखन विरुद्धको नवौ राष्ट्रिय दिवस, आज विविध कार्यक्रम गरी मनाइएको छ । यस वर्ष दिवसको नारा “हामी सबै मिली गरौं विपद्को सामनाः मानव बेचबिखनको अन्त्य हाम्रो कर्तव्य र चाहना” भन्ने तय गरिएको छ ।

दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा आज काठमान्ड मा विहान प्रभात फेरी निकालिएको छ ।
सल्यानमा पनि यहि अवसरमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

मानव वेचविखन तथा ओसारपसार विरुद्धको जिल्ला समन्वय समितीको आयोजना तथा महिला विकास कार्यालय र जिल्लामा सक्रिय संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा दर्जन भन्दा बढि प्रतियोगिहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सल्यान कोटमौला ३ कि जीवनी बस्नेत प्रथम, शानपा २ कि शान्तिप्रभा पुरी र निर्मला पुरी द्धितिय, चाँदेकरेन्जी ८ कि जानकी रोका तृतिय र शानपा १४ कि पम्फा शाहा सान्त्वना बनेका छन । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना लाई पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकार रमेश पाण्डेको अध्यक्षतामा र महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष सोविता बस्नेतको संचालनमा भएको कार्यक्रममा जिल्ला न्यायधिश कैलाश के सी को प्रमुख आतिथ्यता रहेको थियो भने महिला विकास अधिकृत राज कुमारी राईले सहभागीलाई स्वागत तथा धन्यवाद दिएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो