2026-09-28 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

2026-09-28

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तेलको मूल्य बढेसँगै विश्वव्यापी मुद्रास्फीति बढ्न सक्ने चिन्ता बढेको छ भने विभिन्न देशका सेयर बजारमा पनि दबाब परेको छ। इरानले गत साता संयुक्त राष्ट्रसङ्घको महासभामा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव कार्यान्वयन भए होर्मुज जलडमरूमध्य पुनः खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको अवरोध केही सहज हुने अपेक्षा गरिएको थियो।

तर, ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ। यद्यपि, उहाँले अमेरिका र इरानबीच वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवै देशबीच अप्रत्यक्ष वार्ता सोमबारदेखि नै सुरु हुन सक्ने सम्भावना छ। होर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा, इरानी तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग अघि सारेको छ।

युद्धविरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार दुई प्रतिशतभन्दा बढी घटेको कच्चा तेलको मूल्य सोमबार पुनः बढेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य १.८ प्रतिशत बढेर प्रतिब्यारेल १०६.१९ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य एक प्रतिशत बढेर प्रतिब्यारेल ९३.३४ डलर पुगेको छ। तेलको मूल्य वृद्धिले मुद्रास्फीति बढ्न सक्ने चिन्ता बढाएपछि एसियाली सेयर बजारमा पनि दबाब देखिएको छ। लामो बिदापछि खुलेको दक्षिण कोरियाली बजार दुई प्रतिशतभन्दा बढी घटेको छ। जापानको टोकियो, चीनको सांघाई, फिलिपिन्सको मनिला, थाइल्यान्डको बैंकक र इन्डोनेसियाको जकार्ताका बजारमा पनि गिरावट आएको छ।

यता हङकङ, अस्ट्रेलियाको सिड्नी, सिंगापुर र न्युजिल्यान्डको वेलिङ्टनका सेयर बजारमा भने वृद्धि भएको छ। यसैबीच, विश्व ऋणपत्र बजारमा प्रतिफल पनि बढेको छ। गत साता विश्व ऋणपत्रको औसत प्रतिफल चार प्रतिशतभन्दा माथि पुगेको थियो। यो सन् २००७ यताकै उच्च स्तर भएको बताइएको छ। अब लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंकको आगामी मौद्रिक नीति निर्णयतर्फ केन्द्रित भएको छ। अक्टोबरको अन्त्यमा हुने बैठकअघि यसै साता अमेरिकाको मुद्रास्फीति र रोजगारीसम्बन्धी महत्वपूर्ण तथ्यांक सार्वजनिक हुँदैछन्। ती तथ्यांकले आगामी ब्याजदरसम्बन्धी निर्णयमा प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव पुनः बढेपछि तेलको मूल्यमा वृद्धि भएको र एसियाली सेयर बजारमा दबाब परेको हो। यद्यपि, अमेरिका र इरानबीच वार्ता पुनः सुरु हुन सक्ने सम्भावनाले बजारमा केही आशा कायम राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह