2026-10-01 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे

2026-10-01

काठमाडौँ | पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। मुख्य प्रशिक्षक जोर्जे जेसुससँग आफ्नो भूमिकाबारे विवाद देखिएको खबरबीच रोनाल्डोले टोली छाड्ने निर्णय गरेका हुन्। रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको क्याम्प छाडेको जानकारी दिएका छन्। पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्सासँगको कुराकानीपछि टोलीबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन्। क्याम्प छाड्नुको वास्तविक कारण भने उचित समयमा पोर्चुगलका समर्थकलाई बताउने उनको भनाइ छ।

नेसन्स लिगको पहिलो खेलमा वेल्सविरुद्ध सुरुवाती खेलाडीका रूपमा मैदान उत्रिएका रोनाल्डो ६७औँ मिनेटमा बाहिरिएका थिए। पोर्चुगलले उक्त खेल १–० ले जितेको थियो। त्यसपछि नर्वेविरुद्धको २–१ को जितमा भने उनी बेन्चमै रहे र मैदान प्रवेश गरेनन्। नर्वेविरुद्धको खेलपछि रोनाल्डो र प्रशिक्षक जेसुसबीच सम्बन्धमा चिसोपना आएको खबर सार्वजनिक भएको थियो। जेसुसले बुधबारको पत्रकार सम्मेलनमा रोनाल्डोसँग अन्तर्राष्ट्रिय ब्रेकमा उनको भूमिकाबारे कुराकानी भइसकेको र डेनमार्कविरुद्ध पनि उनी नखेल्ने बताएका थिए।

रोनाल्डोले सोमबार र मंगलबार टोलीका अन्य खेलाडीबाट अलग रहेर प्रशिक्षण गरेका थिए। यसैबीच महासंघका अध्यक्ष प्रोएन्साको उपस्थितिमा रोनाल्डो र जेसुसबीच विवाद समाधानका लागि छलफल भएको खबर पनि सार्वजनिक भएको थियो। रोनाल्डोले आफूले पोर्चुगल राष्ट्रिय टोलीप्रति सधैं समर्पित भएर खेल्दै आएको बताएका छन्। उनले टोली र आफ्ना सबै सहकर्मीलाई आगामी खेलका लागि शुभकामना दिएका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी रहेका रोनाल्डोले पोर्चुगलका लागि १४६ गोल गरिसकेका छन्। करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यमा रहेका रोनाल्डोले अब डेनमार्कविरुद्धको खेलसँगै अक्टोबर ४ मा नर्वेविरुद्ध हुने दोस्रो खेलसमेत गुमाउनेछन्। नेसन्स लिगको समूह ‘ए४’ मा पोर्चुगलले दुई खेलबाट ६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल