२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर १ मा बाम गठबन्धन बलियो ! कोइरालाको ह्याट्रिक नयाँ मतदाताको हातमा

२९ कार्तिक २०७४, बुधबार १५:३९

कात्तिक २९, नवलपरासी | नवलपरासीको पूर्वी भाग नवलपुर १ मा कांग्रेस उम्मेदवार कांग्रेस महामन्त्री शशांक कोइराला ह्याट्रिक गर्ने दाउमा छन् । तर उनलाई त्यति सजिलो भने छैन । वाम गठबन्धनका तर्फबाट भ्रस्टाचार बिरुद्ध राष्ट्रिय अभियानका नेपालका अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर पराजुली कडा चुनौती बनेका छन् । 


कांग्रेसका तर्फबाट महामन्त्री कोइराला लगातार तेश्रोपटक नवलपरासीको चुनावी मैदानमा छन् भने पराजुली पहिलो पटक मैदानमा छन् । दुई पटकसम्म निर्वाचनमा नवलपरासीबाट जितेपनि ठोस उपलब्धिमुलक काम नगरेको आम नागरिकहरुको कोइरालालाई आरोप छ, यस अर्थमा पनि कहिले नयाँ अनुहार हेर्न चाहन्छन् । अर्को अर्थमा एमाले-माओवादी केन्द्रको साझा उम्मेदवार भएकाले पनि दुई पार्टीको मत जोडिंदा पराजुलीको पल्ला भारी बन्ने डर कांग्रेसमा छ । 

कांग्रेस पक्षमा कोइराला हेभिवेट नेता हुन् । कोइरालालाई नवलपुरमा भविश्वरलाई भन्दा केही सहज भने छ । तर  हेभिवेट भएपनि नवलपरासीको विकासमा भने धेरैले उनीप्रति गुनाशो गरेका छन् । कोइरालाको नवलपुर १ मा खासै राम्रो प्रभाव पार्न नसकेको मतदाताहरुको गुनासो छ । आफ्नै मतदाताले कोइराला प्रति गुनाशो गर्दैगर्दा कोइराला ह्याट्रिक गर्ने तयारीमा कम्मर कसेर लागि परेका छन् । कोइराला प्रति गुनासो गर्नेहरुको मत नयाँ अनुहारतिर जाने निश्चित छ ।  त्यसमा पनि पहिलो निर्वाचन लडेको भएपनि बिपक्षीलाई आफ्नो पक्षमा पार्नको लागि पराजुली माहिर छन् ।  

स्थानीय तहको निर्वाचनलाई विश्लेषण गरौँ: 

२०४८ देखि नवलपुर १ कांग्रेसको गढ नै हो । संविधानसभाको पहिलो चुनाव २०६४ मा  र २०७० मा लगातार डा. शशांक कोइरालाले जितेका थिए । ६४ मा माओवादी दोश्रो र एमाले तेश्रो थियो भने ७० को निर्वाचनमा एमाले दोश्रो र माओवादी तेश्रो बनेको थियो । तर स्थानीय तहको निर्वाचनले बाम गठबन्धनको मतलाई एकीकृत गर्दा कांग्रेस केहि मतले कमजोर देखिन्छ । पछिलो निर्वाचनमा नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनमा रहेको राप्रपाको मतलाई जोड्दा ३३ हजार ३ सय ४८ मत कांग्रेसको हातमा छ भने एमालेसहित वाम गठबन्धनका माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले पाएको मत ३३ हजार १ सय ३७ छ । तर स्थानीय तहको निर्वाचनमा राप्रपालाई एमालेले सहयोग गरेको कारण कांग्रेसको केहि मत कमजोर देखिन्छ । एमालेले गैँडाकोट नगरपालिकाको ३ वटा वडामा राप्रपालाई समर्थन गरेको थियो । राप्रपालाई एमालेले दिएको मत अब यो निर्वाचनमा बाम गठबन्धनमै जोडिदा बाम गठबन्धन लगभग ५०० मतको हाराहारीमा बलियो छ । 

यस अघि पनि एक्ला-एक्लै निर्वाचन लड्दा कांग्रेसले आफ्नो पक्षमा पकड राख्न निकै प्रयास गर्थ्यो । अहिले बाम गठबन्धन बन्दा उसलाई त्यतिखेरको जस्तो सजिलो छैन  । बराबरीलाई समेत उछिनेर बाम गठबन्धन बलियो देखिएको अवस्थामा कांग्रेसलाई यहाँ पक्कै पनि डर छ । अर्को अर्थमा भन्ने हो भने पहिलेको २ निर्वाचनमा कांग्रेसको गढनै मानिने नवलपुर १ मा कांग्रेसले जित्ने निश्चित भएरै २/४ सय भोट थपिने सम्भावना हुन्थ्यो तर अब त्यसो छैन किनकी गठबन्धन भएकाले कसको पक्षमा सम्भावना भन्न सक्ने अवस्था छैन । त्यसैले पनि नवलपुर १ मा प्रतिष्पर्धाको मत खस्न सक्ने देखिन्छ । स्थानीय तहको मतलाई मात्र आधार मानेर विश्लेषण गर्न सक्ने अवस्था छैन किनकी नवलपुर १ मा पछिल्लो समय १७ हजार नयाँ मतदाता थपिएका छन् । त्यसैले स्थानीय तहमा मत दिन पाउनेले नवलपुर १ मा दिएको मतले जस्तो अवस्था देखाए पनि कसको जित हुन्छ भन्नेमा भने नयाँ मतदाताको महत्वपूर्ण भूमिका रहन्छ । राजनीतिक रुपमा खासै कट्टर नभएका र पहिलो पटक निर्वाचनमा सहभागी हुने प्राय मतदाताले यस निर्वाचनमा धेरै विश्लेषण गरेर-सोचेर-बुझेर मतदान गर्ने हो भने अवस्था निकै प्रतिस्पर्धी हुने देखिन्छ । 

नवलपुरका होइनन् कोइराला ! 

बाम गठबन्धनलाई प्रचार गर्ने बलियो आधार हो कोइराला नवलपुरका होइनन, उनि पाहुना उम्मेदवार हुन् । बिराटनगरमा जन्मिएका कोइराला कांग्रेसको पकड भएकाले नवलपरासीबाट निर्वाचन लडेका हुन् र कांग्रेसकै पकड भएकाले जित्दै पनि आएका छन् । आफ्नै जिल्लाको नेतालाई आफ्नो ठाउँको मायाँ बढी हुन्छ भन्ने मतदातामा प्रभाव पर्न सक्छ । यस बिषयबारे यो पटक धेरै बहश पनि भएका छन् त्यसमा पनि कांग्रेस महामन्त्री शशांकलाई यसमा बढी आरोप लाग्नु स्वभाविक छ । किनभने हेभीवेट नेता भएर पनि नवलपुरमा विकास चासो नदिनुको कारण पाहुना उम्मेदवार हुनुलाई कारण मानिएको छ । आफु जन्मिएको जिल्ला नभई राजनीतिक स्वार्थको लागि मात्र नवलपुरमा उम्मेदवार बनेको भन्ने बिपक्षीको आरोप छ ।

शशांक आफ्नो सिट सुरक्षाको लागि मात्र नवलपुरबाट निर्वाचन लडेको भन्ने बिषयमा बिभिन्न मिडियाले लेखेका छन् । बिराटनगरबाट सुजाता कोइराला, शेखर कोइराला लगायतले निर्वाचन लड्नुपर्ने हुँदा शशांकले नवलपुर रोजेको विश्लेषण गरिन्छ । अहिले यही बिषयलाई बाम गठबन्धनले आफ्नो जितको भित्री आधार मानेको छ । बाम गठबन्धनका साझा उम्मेदवार पराजुली नवलपुर १ का स्थानीय उम्मेदवार भएकाले पनि उनलाई मतदाताले रोज्न सक्ने आधार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की