2026-11-25 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?

काठमाडौँ | सुकुमार निर्देशित बहुप्रतीक्षित फिल्म ‘पुष्पा २’ को ट्रेलर रिलिजसँगै दर्शकहरूमा उत्साहको लहर छाएको छ। ट्रेलरले अल्लू अर्जुन, रश्मिका मन्दाना, र फहाद फासिलको दमदार प्रस्तुतिलाई उजागर गर्दै फिल्मको प्रतीक्षालाई थप चुल्याएको छ। यससँगै फिल्ममा अभिनय गर्ने कलाकारहरूले लिएको पारिश्रमिक पनि व्यापक चासोको विषय बनेको छ।

कलाकारहरूको पारिश्रमिक
अल्लू अर्जुन
फिल्मका मुख्य नायक अल्लू अर्जुनले ‘पुष्पा २’ बाट ३ सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन्। यो पारिश्रमिकले उनलाई बलिउड र दक्षिण भारतीय फिल्म उद्योगकै सबैभन्दा महँगो अभिनेता बनाएको छ। उनले सलमान खान र शाहरुख खानजस्ता सुपरस्टारहरूलाई पारिश्रमिकको मामलामा पछाडि पारेका छन्।

रश्मिका मन्दाना
श्रीवल्लीको भूमिकामा देखिएकी रश्मिका मन्दानाले यो फिल्मबाट १० करोड पारिश्रमिक लिएकी छन्। उनी फिल्मको पहिलो भागमा पनि दर्शकमाझ लोकप्रिय भएकी थिइन्।

फहाद फासिल
फिल्मका विलेन भुवनको भूमिकामा देखिएका फहाद फासिलले ‘पुष्पा २’ बाट ८ करोड रुपैंयाँ पारिश्रमिक लिएका छन्। उनको दमदार अभिनय पहिलो भागमै चर्चित बनेको थियो।

श्रीलीला
फिल्मको आइटम गीतमा नृत्य प्रस्तुत गर्न श्रीलीलाले करिब २ करोड रुपैंयाँ पारिश्रमिक लिएकी छन्। उनले पहिलो भागमा आइटम गीतको चर्चा पाएकी सामन्था रुथ प्रभुलाई रिप्लेस गरेकी हुन्।

‘पुष्पा २’ को ट्रेलरले अल्लू अर्जुनको शैली र संवादलाई दर्शकको मुखमा झुण्ड्याएको छ। “पुष्पा झुकेगा नहीं” जस्ता संवादहरूले फ्यानहरूलाई पुनः उत्साहित बनाएको छ।

सन् २०२४ अगस्ट १५ मा रिलिज हुन लागेको यो फिल्मले दर्शकबाट ऐतिहासिक सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ। ट्रेलरको तहल्काले फिल्मलाई भारतीय फिल्म उद्योगकै अर्को माइलस्टोन बनाउन सक्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो