2026-11-25 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नीता ढुंगानाको बहुप्रतीक्षित फिल्म ‘ह्रस्व दीर्घ’ ले शुरुआती दिनमै हलमा उत्कृष्ट व्यापार गर्दै दर्शकको मन जितिरहेको छ। फिल्मले पहिलो दुई दिनमै २ करोड रुपैंयाँको व्यापार गरेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले शुक्रबार ओपनिङ दिन ८० लाख कलेक्सन गरेको थियो भने शनिबार १ करोड २० लाखको ग्रस कलेक्सन गर्दै दुई दिनमा कुल २ करोड व्यापार गर्न सफल भएको छ।

“हिजो आइतबार पनि दर्शकको राम्रो साथ पायौं। आज सार्वजनिक बिदाको दिन हाउसफुल शोहरू देखिएको छ,” निर्देशक पन्तले बताए।

तेस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ को दबदबाबीच ह्रस्व दीर्घले डेढ सय शो पाएको थियो। शो सीमित भए पनि अकुपेन्सी १०० प्रतिशत रहनुले फिल्मप्रतिको दर्शकको उत्साह झल्काएको छ।

नीता ढुंगानाको लगानीमा बनेको यस फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन्। फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका लागि बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेका छन्। निर्देशक चन्द्र पन्तले यसअघि ५ दर्जनभन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरे पनि यो उनको निर्देशनमा बनेको पहिलो नेपाली फिल्म हो।

फिल्मका अभिनेता प्रदीप रावत आइतबार साँझ श्रीमतीसहित नेपाल आएका छन्। उनी कमालपोखरीस्थित बिग मुभिज र लमिम मलस्थित क्यूएफएक्समा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रमका लागि उपस्थित हुनेछन्। ६ करोड लागतमा निर्माण भएको यो फिल्म नेपालीसँगै तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो