2026-07-03 12:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरीबी हटाउन वाम गठबन्धनलाई जिताउनुपर्छ: नेपाल

2017-11-16

कात्तिक ३०, काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताउनुभएको छ । 

नेकपा (एमाले) कागेश्वरी मनहरा नगरपालिका–४ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माण तथा विकासका कार्यले गति लिन नसकेकाले अब गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताउनुभयो । 

अहिलेको चुनावी प्रणालीमा राजनीतिक दललाई बहुमत प्राप्त गर्न कठिन रहेको बताउँदै नेता नेपालले देशलाई अस्थिरताबाट निकास दिन वामपन्थी विचार मिल्ने दलले गठबन्धन गरेको उल्लेख गर्नुभयो । 

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले मुलुकमा गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस अत्तालिएको र गठबन्धनको सरकार निर्माण भएमा अधिनायकवादको उदय हुने भनेर भ्रम फैलाउन लागेकामा त्यस्तो तथ्यहीन तर्कका पछाडि नलाग्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ