2026-10-14 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव

2026-10-14

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै रास्वपाले घरजग्गा खरिदका लागि औपचारिक रूपमा प्रस्ताव आह्वान गरेको हो। हाल अस्थायी व्यवस्थापनमा सञ्चालन भइरहेको केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा सार्ने केन्द्रीय समितिको निर्णय (मिति २०८३–०६–१७) बमोजिम पार्टीले यो प्रक्रिया अघि बढाएको हो।

पार्टीले बुधवार जारी गरेको सूचनाअनुसार खरिद गरिने घर वा जग्गा आवागमनका दृष्टिले सहज ठाउँमा हुनुपर्नेछ। त्यस्तै, कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको र पर्याप्त भौतिक पूर्वाधार भएको घर वा नयाँ पूर्वाधार निर्माण गर्न पुग्ने क्षेत्रफल भएको जग्गा आवश्यक रहेको पार्टीले जनाएको छ। तोकिएको सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी तथा जग्गाधनीहरूलाई सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र आफ्नो प्रस्ताव पेस गर्न रास्वपाले आग्रह गरेको छ।

यस सम्बन्धी थप विस्तृत जानकारी र आवश्यक कागजातहरू (डकुमेन्ट) पार्टीले उपलब्ध गराएको लिङ्कबाट डाउनलोड गरी हेर्न सकिने सूचनामा उल्लेख छ। स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाले पार्टी संरचनालाई संस्थागत गर्न आफ्नै भवन बनाउने कदम चालेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ