2026-10-13 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ

2026-10-13

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई इङ्गित गर्दै कडा टिप्पणी गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफ्नो पार्टीका कुनै सांसदले त्यस्तो अभिव्यक्ति दिएको भए कडा कारबाही गर्ने टिप्पणी गरेका हुन् ।

उनले त्यस्तो अभिव्यक्ति दिने सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर प्रहरीको जिम्मा लगाउने समेत बताए । उनले लेखेका छन्, ‘यदि मेरो सांसदले त्यो खाले अभिव्यक्ति दिएको भए श्रमदाता भेला गरेर जुत्ताको माला लगाएर सहर डुलाएर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी प्रहरीलाई सुम्पिदिने थिएँ ।’

यसअघि सोमबार सांसद सुनारको विवादित अडियो संवाद सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ । अडियोमा उनले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारेर अश्लिल भिडियो बनाउँदै ब्ल्याकमेल गर्दै ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिएको सुनिन्छ । अडियोमा सांसद सुनारले महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए मार्ने, घरमा आगो लगाउने, बलात्कार गर्ने र ‘मारेर रगत खाने’ धम्की दिएको सुन्न सकिन्छ ।

सुनारले भने आफूमाथि लागेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत् उनले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताए । सुनारले आफू र काल्पनिक महिलाबीचको संवाद भन्दै अडियो सार्वजनिक गरिएको उल्लेख गर्दै त्यस्ता प्रचार एआईलगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन् । आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड