२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फलावाङ्गबासिले चन्दा संकलनमा ६ किलोमिटर सडक मर्मत गरे

३० आश्विन २०७२, शनिबार ०५:२०

असोज ३०, सल्यान । जिल्लाभरी राजनीतीक भाग वण्डा गरीकन बर्षायाममा विग्रिएको बाटो मर्मत भैरहेका वेला फलावाङ्गाका स्थानियवासीले आफै चन्दा संकलन गरेर बाटो मर्मत गरेका छन ।

उनिहरुले स्वइच्छिक चन्दा संकलन गरी त्रिवेणीको लुहामबाट फलावाङ्ग सम्मको ६ किलोमिटर मोटरबाटो मर्मत गरेका हुन । राजनीतिक दलको हालिमुहाली भएको जिविसले दलका कार्यकर्तालाई पर्ने गरि जिल्लाका विभिन्न ठाँउमा सडक मर्मत भन्दै रकम वितरण गर्दा पनि ति सडक नाम मात्रैका मर्मत भएका छन तर फलावाङ्गका वासिन्दाले आफै सडक मर्मत गरी दशै तिहारमा गाडीमा हिड्नसक्ने बाटो बनाएको स्थानिय शरद शर्माले जनाएका छन ।

केहिदिन अघि मर्मपरिकाँडा र चाँदे करेन्जीका बासिन्दाले सिद्धेश्वरीको ढोरचौर देखि चिनाली हुदै चौरजहारी जोड्ने सडक खण्डको गुरुदासेसम्म जनश्रमदान गरी गाडि संचालनमा ल्याएका थिए ।

स्थानियले प्रतिपरिवार २ दिन ढोरचौर देखि गुरुदासेसम्मको मोटरबाटो जनश्रमदान गरी संचालनमा ल्याएका थिए । खलंगामा चौरजहारी जानलाई झण्डै आधा भन्दा फरक पर्ने सडकको गुरुदासेबाट स्वीकोटको रुमालगाँउ सम्म मात्र बाँकी रहेको छ ।

यो सडक संचालन हुन सके सल्यानको उत्तरी पश्चिममा चाँदे, मुलखोला, मर्म, कालागाँउ, जिमाली, स्वीकोट, बामे र रुकुम चौरजहारी तथा जाजरकोट जानलाई सजिलो हुने थियो यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

बरु राजनीतिक दलहरु आफ्ना कार्यकर्ताले संचालनमा ल्याएका डोजहरुलाई काम गराउन रकम बाँडिरहेका छन । यतातिर सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा