२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको सूर्योदयबाट प्लास्टिकमुक्त अभियान शुरू

२ मंसिर २०७४, शनिबार ०४:४३

मङ्सिर २, इलाम | पूर्वी पर्यटकीय नगरी सूर्योदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ । 

फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशीसमेत सहभागी थिए । 

सरसफाइ अभियानकर्मीले जथाभावी छरिएको फोहर बटुलेर नजिकै रहेको डस्टबिन एवं बोरामा राखेका थिए । विदेशीले पनि ढलभित्र थुप्रिएको फोहर संकलन गरेका थिए । सहभागी विदेशी केइसिलले नेपालीहरू सहयोगी र मिलनसार भएको बताउनुभयो । 

जथाभावी सडक र घर निर्माण, बजारमा बन्द भएका ढल र नाला, फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित हुनाका साथै सानो बाटाका कारण सवारी आवागमनमा समस्यामा परेको पर्यटकीय नगरी सूर्योदयले दुई घण्टामै रूप फे¥यो । 

सूर्यादयलाई आधुनिक शहरका रूपमा विकास गर्न प्लास्टिकमुक्त अभियान शुरू गरिएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । 

बजारभित्र निर्माण गरिएको नालीमा जम्मा भएको फोहर स्काभेटर र टिपरको सहायताले संकलन गरी ल्याण्डफिल्ड साइटमा लगेर फाल्ने तयारी भइरहेको छ । नगरपालिकामा पर्ने कन्याम, अन्तु, फिक्कल बजार पर्यटकीयस्थल हुन् । सुन्दर, स्वच्छ र हराभराका साथ आधुनिक पर्यटकीय शहर बनाउन अभियान थालिएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता