Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर १४ गते, बिहान ११:५४ बजे
समाज

सल्यानमा कराँतेको ग्रेडिङ्ग, राप्तीका ४ जिल्लाका १ सय ५० को सहभागि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १४ सल्यान । सल्यानमा श्रीनगरमा नेपाल सितोरियो कराँते शाखा डोजो पिपलनेटाको आयोजना तथा उपशाखा डोजो श्रीनगर र सिद्धेश्वरीको सहआयोजनामा ३ दिने अप डान ग्रेडिङ्ग समारोह सम्पन्न भएको छ ।

ग्रेडिङ्गमा सल्यान, रुकुम, दाङ्ग र रोल्पाका १५० जनाले सहभागिता जनाएका छन । जसमा दोस्रो डान ८ जना र तेस्रो डान ५ जना भएका छन । जसमा सल्यानका लक्ष्मण गिरी, राम गिरी र चिरण परियार दोस्रो डान भएका छन भने चुडामणि केसी तेस्रो डान भएका छन ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित सुरु भएको कार्यक्रममा नेपाल सितोरियो कराँते संघ, नेपाल ओलम्पीक कमिटी नेपाल कमिटी, नेपाल कराँते फेड्रेसनका फाउन्डर एण्ड मास्टर गुरु थानेश्वर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

मंसिर १२ गते देखि चलेको डान ग्रेडिङ्ग समारोहको समापनका अवसरमा आज भएको कार्यक्रममा गुरु थानेश्वर राई प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथीमा वरिष्ट कराँते प्रशिक्षक मदन कुमार उप्रेती, सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

चौथो डान तथा राष्ट्रिय अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश परियारले गरेका थिए ।
रेफ्रि चित्र बहादुर रानाले आफ्नै लगानीमा कराँते खेलाडी उत्पादन गर्दै आएका छन । ३ दिनसम्म सल्यानमा भएको राष्ट्रिय स्तरको ग्रेडिङ्ग समारोहको आयोजना पनि रेफ्री रानाले गरेका हुन ।