2026-07-25 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा

मङ्सिर २, नुवाकोट । नुवाकोटलाई ‘गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला’ घोषणा गरिएको छ । 

नेपाल पक्षी संरक्षण संघको सहयोग र जिल्ला पशुसेवा कार्यालय नुवाकोटद्वारा आयोजित एक समारोहबीच नुवाकोटलाई गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको हो । 

विश्वमै लोपोन्मुख अवस्थामा पुगेको ‘प्रकृतिको कुचिकार’ गिद्धको संरक्षणका लागि ६१ औँ जिल्लाको रुपमा नुवाकोटलाई गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले जानकारी दिनुभयो । घोषणासँगै अव नुवाकोटमा गिद्ध संरक्षणका लागि सचेतना, प्रचारप्रसार र संरक्षणका कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

समारोहमा वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरे, जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्का, जिल्ला वन अधिकृत पदमराज नेपाल, महिला विकास अधिकृत भुला भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ नुवाकोटका अध्यक्ष नारायणप्रसाद नेपाल लगायतले हस्ताक्षर गर्दै यसको कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गिद्ध संरक्षणका लागि नेपालमा हँुदै आएको प्रयासलाई वृहत र अभियानको रुपमा अघि बढाउँदै गिद्ध संरक्षणको वृहत कार्यक्रम सञ्चालनमा ल्याएको छ, वरिष्ठ पशु विकास अधिकृत भट्टले भन्नुभयो । 

उहाँले पशुसेवा कार्यालयले डाइक्लोफेनेक औषधि पशु उपचारका लागि प्रयोगमा नआएको पनि दाबी गर्नुभयो । 

नेपाल पशुपक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले वातावरणमा पर्यावरणीय चक्रको शृं्खलालाई सन्तुलित राख्न उल्लेख्य सहयोग पु¥याउँदै आएको गिद्धले आफै शिकार नगर्ने तर मरेका र सडेगलेका सिनो खाने भएकाले प्रकृतिलाई प्रदूषित र दुर्गन्धित हुनबाट बचाउने कार्य गर्ने गरेको बताउनुभयो । 

गिद्धले एकै पटकमा तीन सय किलोमिटरसम्म उड्नेसक्ने भएकाले यसको संरक्षणका लागि दक्षिण एशियाली राष्ट्रस्तरीय संयुक्त प्रयासमा नेपालको कदम उच्च रहेको संघले जनाएको छ । 

पशु उपचारमा प्रयोग गर्ने डाइक्लोफेनेक सोडियम औषधि गिद्ध संरक्षणका लागि मुख्य बाधकको रुपमा देखिएकाले औषधि व्यवस्था विभागले २०६३ साल देखि यो औषधिमा प्रतिबन्ध लगाएका कारण गिद्ध संरक्षणमा नेपालको सूचांक सुधारात्मक रहेको जनाएको छ । 

डाइक्लोफेनेक औषधि सेवन गरेका पशु चौपाया मरेपछि त्यसको सिनो खाएमा गिद्ध मर्ने भएकाले औषधि उत्पादन, बिक्री÷वितरण र प्रयोग गर्नेलाई समेत तीन वर्षसम्म कैद र रु २५ हजारसम्मको जरिवाना तोकिएको छ । 

नेपालमा नौ प्रकारका गिद्धका लागि उपयुक्त वासस्थान र अनुकूल हावापानी रहेको एक अध्ययनले देखाएको छ । रामहरि न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक