१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा

२ मंसिर २०७४, शनिबार १०:१६

मङ्सिर २, नुवाकोट । नुवाकोटलाई ‘गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला’ घोषणा गरिएको छ । 

नेपाल पक्षी संरक्षण संघको सहयोग र जिल्ला पशुसेवा कार्यालय नुवाकोटद्वारा आयोजित एक समारोहबीच नुवाकोटलाई गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको हो । 

विश्वमै लोपोन्मुख अवस्थामा पुगेको ‘प्रकृतिको कुचिकार’ गिद्धको संरक्षणका लागि ६१ औँ जिल्लाको रुपमा नुवाकोटलाई गिद्ध सचेतना तथा पशु डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले जानकारी दिनुभयो । घोषणासँगै अव नुवाकोटमा गिद्ध संरक्षणका लागि सचेतना, प्रचारप्रसार र संरक्षणका कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

समारोहमा वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरे, जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्का, जिल्ला वन अधिकृत पदमराज नेपाल, महिला विकास अधिकृत भुला भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ नुवाकोटका अध्यक्ष नारायणप्रसाद नेपाल लगायतले हस्ताक्षर गर्दै यसको कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गिद्ध संरक्षणका लागि नेपालमा हँुदै आएको प्रयासलाई वृहत र अभियानको रुपमा अघि बढाउँदै गिद्ध संरक्षणको वृहत कार्यक्रम सञ्चालनमा ल्याएको छ, वरिष्ठ पशु विकास अधिकृत भट्टले भन्नुभयो । 

उहाँले पशुसेवा कार्यालयले डाइक्लोफेनेक औषधि पशु उपचारका लागि प्रयोगमा नआएको पनि दाबी गर्नुभयो । 

नेपाल पशुपक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले वातावरणमा पर्यावरणीय चक्रको शृं्खलालाई सन्तुलित राख्न उल्लेख्य सहयोग पु¥याउँदै आएको गिद्धले आफै शिकार नगर्ने तर मरेका र सडेगलेका सिनो खाने भएकाले प्रकृतिलाई प्रदूषित र दुर्गन्धित हुनबाट बचाउने कार्य गर्ने गरेको बताउनुभयो । 

गिद्धले एकै पटकमा तीन सय किलोमिटरसम्म उड्नेसक्ने भएकाले यसको संरक्षणका लागि दक्षिण एशियाली राष्ट्रस्तरीय संयुक्त प्रयासमा नेपालको कदम उच्च रहेको संघले जनाएको छ । 

पशु उपचारमा प्रयोग गर्ने डाइक्लोफेनेक सोडियम औषधि गिद्ध संरक्षणका लागि मुख्य बाधकको रुपमा देखिएकाले औषधि व्यवस्था विभागले २०६३ साल देखि यो औषधिमा प्रतिबन्ध लगाएका कारण गिद्ध संरक्षणमा नेपालको सूचांक सुधारात्मक रहेको जनाएको छ । 

डाइक्लोफेनेक औषधि सेवन गरेका पशु चौपाया मरेपछि त्यसको सिनो खाएमा गिद्ध मर्ने भएकाले औषधि उत्पादन, बिक्री÷वितरण र प्रयोग गर्नेलाई समेत तीन वर्षसम्म कैद र रु २५ हजारसम्मको जरिवाना तोकिएको छ । 

नेपालमा नौ प्रकारका गिद्धका लागि उपयुक्त वासस्थान र अनुकूल हावापानी रहेको एक अध्ययनले देखाएको छ । रामहरि न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी