२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अन्तर्राष्ट्रिय अपांगता दिवस सल्यानमा पनि मनाईयो

१७ मंसिर २०७२, बिहीबार १२:३९

नोखिराम थापा/मङ्सिर १७, सल्यान । आज २४औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ ।

‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँएको हो ।

यसै अन्तरगत सल्यानमा पनि कल्याणकारी अपाङ्ग संघ सल्यान र पाथिभरा अपाङ्ग समाज सेवा संघको आयोजना तथा जिल्ला विकास समिती, एचआरडिसी, सिएमसी, महिला विकास कार्यालय र पास नेपालको सहयोगमा एक कार्यक्रम सम्पन्न गरिएको छ ।

कल्याणकारी अपाङ्ग समाज संघका अध्यक्ष कृष्ण बुढाको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्गहरुले आफुहरुलाई समावेशिकरणका नाममा सिमित कोटा मात्रै भएको र अधिकारका नाममा कागजमा मात्रै सिमित भएको बताएका छन ।

लक्ष्मी शर्माले संचालन गरेको कार्यक्रममा चन्द्र बहादुर शाहीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै जनकल्याण उमावि थारमारेका प्रचार्य शिक्षक पूर्ण भण्डारी पंकज, रेडियो तहल्काका निर्देशक पवन कुमार वली, पास नेपालका अध्यक्ष ज्ञानेश्वर केसी, स्वास्थ्यकर्मी चित्र बहादुर वली, दमाचौर गाविसका सचिव पूर्ण बुढाथोकी, शिव कुमार शर्मा, कमला रोका, भद्र खड्का, दुर्गा केसी, दिप आचार्य लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय स्तरमा नै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम भएका छन भने गैरसरकारी संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ