६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युतमा खतराको घन्टी, लोडसेडिङ बढ्न सक्ने

३ मंसिर २०७४, आईतवार ०१:४०

मंसिर ३, काठमाडौं । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ। 

यो खबर विकास थापाले आजको अन्नपूर्णमा लेखेका छन्। यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ। टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो। टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ।

भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ। तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो।

भारतीय सर्वोच्च अदालतको आदेशसँगै शुक्रबार मध्यरातदेखि उक्त उत्पादन बन्द भएको र टनकपुरबाट आइरहेको ३० मेगावाट पनि ठप्प भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए। श्री सिमेन्टले पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्दै आएको थियो र उक्त सहउत्पादन (बाइ प्रडक्ट) पीटीसीसित विद्युत् खरिद सम्झौता (पीपीए) गरी नेपाललाई टनकपुर विन्दुबाट नेपाललाई दिँदै आएको थियो।

त्यसैगरी, पेटकोकमा लागेको प्रतिबन्धबाट ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालले आयात गरिरहेको बिजुलीमा पनि असर पर्ने देखिएको छ। उक्त प्रसारण लाइनबाट यस महिना नेपालले सय मेगावाट बिजुली आयात गरिरहेको छ, जसमध्ये २५ मेगावाट उही पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडकै उत्पादनबाट खरिद गर्ने सहमति छ। नेपाललाई एनबीबीएन (एनटीपीसी विद्युत् व्यापार निगम) ले ढल्केबरबाट बिजुली निर्यात गर्दै आएको छ।

पेटकोकमा लागेको प्रतिबन्धले भारतमा कोइला र प्राकृतिक ग्यासको मूल्य अकासिने प्रस्ट छ। यसले एकातिर तापीय विद्युत् गृहबाट उत्पादन हुने बिजुली नेपालले प्राप्त गर्न कठिनाइ पर्ने देखिन्छ भने भारतीय विद्युत् महँगिने संकेत देखाएको छ। टनकपुरबाट नेपालले प्रतियुनिट ३.५५ (भारु) मा बिजुली खरिद गर्दै आएको थियो। यता, ढल्केबरको बिजुली भने प्रतियुनिट ३.६० (भारु) छ।

भारतीय विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को भाउ केही महिनादेखि बढ्दै आएको थियो। भारतको विद्युत् प्रवाह नामको वेबसाइटअनुसार शुक्रबार बिजुलीको औसत बजार क्लियरिङ मूल्य ३.७४ (भारु) पुगेको थियो भने त्यहाँका विभिन्न राज्यमा एरिया क्लियरिङ मूल्य ४.६९ (भारु) थियो।

पेटकोक के हो ?

तेल प्रशोधन प्रक्रियामा सहउत्पादनका रूपमा प्राप्त हुने कार्बनको मात्रा उच्च रहेको इन्धनलाई पेटकोक भनिन्छ। पेटकोक विभिन्न विद्युत्गृह, सिमेन्ट उद्योग, ब्लास्ट फर्नेस, कागज उद्योग, स्टिल कारखाना आदिमा प्रयोग गरिन्छ। 

पेटकोकको क्यालोरिफिक भ्यालु (ऊर्जा उत्पादन गर्ने क्षमता) कोइलाभन्दा अत्यधिक हुन्छ। तर, प्रदूषणका हिसाबले पेटकोक बढी खतरा मानिन्छ। यसबाट कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड, मर्करी, आर्सेनिक क्रोमियम र निकेल पैदा हुन्छ। जसमध्ये सल्फरडाइअक्साइडले फोक्सोको रोग र अम्ल वर्षा (एसिड रेन) गराउँछ।

केही महिनादेखि दिल्ली र वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागी अत्यधिक प्रदूषण बढ्दै गएको अवस्था छ। प्रदूषणका धेरै कारणमध्ये पेटकोकको अत्यधिक उत्पादन पनि एउटा प्रमुख हो। चीनपछि भारत अत्यधिक पेटकोक खपत हुने देश हो। 

भारतमा बढ्दै गएको प्रदूषणलाई ध्यानमा राख्दै त्यहाँको सर्वोच्च अदालतले पेटकोक प्रयोग गर्न राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली) र आसपासका उत्तर प्रदेश, हरियाणा र राजस्थानमा शुक्रबारदेखि नै प्रतिबन्ध लगाउने आदेश दिएको हो।

यसले गर्दा टनकपुरबाट पीटीसीले नेपाललाई उपलब्ध गराउँदै आएको बिजुली मध्यरात १२ बजेटदेखि बन्द गरेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख अधिकारीले जानकारी दिए। 

नेपालमा लोडसेडिङ हुन नदिन वा कम गर्न प्राधिकरणले हरसम्भव प्रयास गरिरहेको पनि अधिकारीले बताए। ‘हामीले नयाँ अवस्थाको सामना गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ शनिबार अधिकारीले भने, ‘तर स्थिति चुनौतीपूर्ण छ।’

अधिकारीका अनुसार भारतको पीटीसी र एनबीबीएनसित यस समस्या समाधानका लागि छलफल भइरहेको छ। पीटीसीले अन्य वैकल्पिक स्रोतबाट चाँडोभन्दा चाँडो टनकपुर विन्दुमार्फत बिजुली उपलब्ध गराउने प्रयास भइरहेको जनाएको उनले बताए। श्री सिमेन्ट उद्योगले पेटकोको साटो कोइलाबाट विद्युत् उत्पादन हुने व्यवस्था मिलाउनसमेत प्रयास भइरहेको जनाएको छ। अर्को सातासम्म समस्या समाधान गर्न सक्ने उनीहरूले आश्वासन दिएका छन्।

नेपालले हाल भारतका विभिन्न नाकाबाट तीन सय मेगावाट बिजुली आयात गरिरहेको छ। ढल्केबरबाट आगामी महिना ६० मेगावाट यही पेटकोक प्रयोग गरी उत्पादन भएको बिजुली ल्याउने योजना एनबीबीएनको छ। पेटकोकबाट उत्पादित बिजुली सबैभन्दा सस्तो पर्छ। भारतमा ७५ प्रतिशत बिजुली उत्पादन तापीय ऊर्जाबाट हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति