2026-07-25 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युतमा खतराको घन्टी, लोडसेडिङ बढ्न सक्ने

मंसिर ३, काठमाडौं । भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ। 

यो खबर विकास थापाले आजको अन्नपूर्णमा लेखेका छन्। यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ। टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो। टनकपुरबाट बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ।

भारतको पीटीसीसित नेपाल विद्युत् प्राधिकरणले महाकाली सन्धिअन्तर्गत निःशुल्क पाउने १२ देखि १६ मेगावाटबाहेक थप ३० मेगावाट बिजुली व्यापारिक तवरमा खरिद गर्ने सम्झौता गरेको छ। तर, पीटीसीले टनकपुर विन्दुबाट नेपाललाई त्यहाँको श्री सिमेन्ट लिमिटेडबाट उत्पादित बिजुली दिएको थियो।

भारतीय सर्वोच्च अदालतको आदेशसँगै शुक्रबार मध्यरातदेखि उक्त उत्पादन बन्द भएको र टनकपुरबाट आइरहेको ३० मेगावाट पनि ठप्प भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए। श्री सिमेन्टले पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्दै आएको थियो र उक्त सहउत्पादन (बाइ प्रडक्ट) पीटीसीसित विद्युत् खरिद सम्झौता (पीपीए) गरी नेपाललाई टनकपुर विन्दुबाट नेपाललाई दिँदै आएको थियो।

त्यसैगरी, पेटकोकमा लागेको प्रतिबन्धबाट ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालले आयात गरिरहेको बिजुलीमा पनि असर पर्ने देखिएको छ। उक्त प्रसारण लाइनबाट यस महिना नेपालले सय मेगावाट बिजुली आयात गरिरहेको छ, जसमध्ये २५ मेगावाट उही पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्ने श्री सिमेन्ट लिमिटेडकै उत्पादनबाट खरिद गर्ने सहमति छ। नेपाललाई एनबीबीएन (एनटीपीसी विद्युत् व्यापार निगम) ले ढल्केबरबाट बिजुली निर्यात गर्दै आएको छ।

पेटकोकमा लागेको प्रतिबन्धले भारतमा कोइला र प्राकृतिक ग्यासको मूल्य अकासिने प्रस्ट छ। यसले एकातिर तापीय विद्युत् गृहबाट उत्पादन हुने बिजुली नेपालले प्राप्त गर्न कठिनाइ पर्ने देखिन्छ भने भारतीय विद्युत् महँगिने संकेत देखाएको छ। टनकपुरबाट नेपालले प्रतियुनिट ३.५५ (भारु) मा बिजुली खरिद गर्दै आएको थियो। यता, ढल्केबरको बिजुली भने प्रतियुनिट ३.६० (भारु) छ।

भारतीय विद्युत् एक्सचेन्ज बजारमा विद्युत्को भाउ केही महिनादेखि बढ्दै आएको थियो। भारतको विद्युत् प्रवाह नामको वेबसाइटअनुसार शुक्रबार बिजुलीको औसत बजार क्लियरिङ मूल्य ३.७४ (भारु) पुगेको थियो भने त्यहाँका विभिन्न राज्यमा एरिया क्लियरिङ मूल्य ४.६९ (भारु) थियो।

पेटकोक के हो ?

तेल प्रशोधन प्रक्रियामा सहउत्पादनका रूपमा प्राप्त हुने कार्बनको मात्रा उच्च रहेको इन्धनलाई पेटकोक भनिन्छ। पेटकोक विभिन्न विद्युत्गृह, सिमेन्ट उद्योग, ब्लास्ट फर्नेस, कागज उद्योग, स्टिल कारखाना आदिमा प्रयोग गरिन्छ। 

पेटकोकको क्यालोरिफिक भ्यालु (ऊर्जा उत्पादन गर्ने क्षमता) कोइलाभन्दा अत्यधिक हुन्छ। तर, प्रदूषणका हिसाबले पेटकोक बढी खतरा मानिन्छ। यसबाट कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड, मर्करी, आर्सेनिक क्रोमियम र निकेल पैदा हुन्छ। जसमध्ये सल्फरडाइअक्साइडले फोक्सोको रोग र अम्ल वर्षा (एसिड रेन) गराउँछ।

केही महिनादेखि दिल्ली र वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागी अत्यधिक प्रदूषण बढ्दै गएको अवस्था छ। प्रदूषणका धेरै कारणमध्ये पेटकोकको अत्यधिक उत्पादन पनि एउटा प्रमुख हो। चीनपछि भारत अत्यधिक पेटकोक खपत हुने देश हो। 

भारतमा बढ्दै गएको प्रदूषणलाई ध्यानमा राख्दै त्यहाँको सर्वोच्च अदालतले पेटकोक प्रयोग गर्न राष्ट्रिय राजधानी क्षेत्र (दिल्ली) र आसपासका उत्तर प्रदेश, हरियाणा र राजस्थानमा शुक्रबारदेखि नै प्रतिबन्ध लगाउने आदेश दिएको हो।

यसले गर्दा टनकपुरबाट पीटीसीले नेपाललाई उपलब्ध गराउँदै आएको बिजुली मध्यरात १२ बजेटदेखि बन्द गरेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख अधिकारीले जानकारी दिए। 

नेपालमा लोडसेडिङ हुन नदिन वा कम गर्न प्राधिकरणले हरसम्भव प्रयास गरिरहेको पनि अधिकारीले बताए। ‘हामीले नयाँ अवस्थाको सामना गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ शनिबार अधिकारीले भने, ‘तर स्थिति चुनौतीपूर्ण छ।’

अधिकारीका अनुसार भारतको पीटीसी र एनबीबीएनसित यस समस्या समाधानका लागि छलफल भइरहेको छ। पीटीसीले अन्य वैकल्पिक स्रोतबाट चाँडोभन्दा चाँडो टनकपुर विन्दुमार्फत बिजुली उपलब्ध गराउने प्रयास भइरहेको जनाएको उनले बताए। श्री सिमेन्ट उद्योगले पेटकोको साटो कोइलाबाट विद्युत् उत्पादन हुने व्यवस्था मिलाउनसमेत प्रयास भइरहेको जनाएको छ। अर्को सातासम्म समस्या समाधान गर्न सक्ने उनीहरूले आश्वासन दिएका छन्।

नेपालले हाल भारतका विभिन्न नाकाबाट तीन सय मेगावाट बिजुली आयात गरिरहेको छ। ढल्केबरबाट आगामी महिना ६० मेगावाट यही पेटकोक प्रयोग गरी उत्पादन भएको बिजुली ल्याउने योजना एनबीबीएनको छ। पेटकोकबाट उत्पादित बिजुली सबैभन्दा सस्तो पर्छ। भारतमा ७५ प्रतिशत बिजुली उत्पादन तापीय ऊर्जाबाट हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल