2026-07-25 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

न्यूनतम पारिश्रमिक निर्धारण समिति सल्यानमा

Poshan KCडिल्लीराज रावत । माघ ४, सल्यान । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारको पारिश्रमिकको व्यवस्था गर्नकालागि सरकारी तवरबाटै विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक ढंगले विज्ञापनको वितरण गरिने बताएका छन । श्रमजिवि पत्रकार सम्बन्धि ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संचारमाध्यामको विकासका लागि राज्यले एकद्वार प्रणालीबाट विज्ञापन वितरण गरि संचारमाध्यामलाई क्षमतावान बनाउन जरुरी रहेको बताएका छन ।

संचारकर्मीले विभिन्न आन्दोलनमा मिसन तथा जनपक्षिय पत्रकारीता गरि मुलुकलाई लोकतान्त्रीक गणतन्त्र स्थापना सम्म महत्वपूर्ण भूमिका खलेको बताउदै उनले पत्रकारले न्यूनतम पारिश्रमिकको मुद्धा सहि व्यवस्थापनका लागि उठाएको दावी गरेको छन । पत्रकार समाजको दर्पण भएकोले आफ्ना दुःखहरु विर्सेर काम गरेपनि उचित पारिश्रमिक पाउनुपर्ने भन्दै उनले उचित पारिश्रमिक नदिने संचार माध्याममा काम नगर्न सुझाव दिएका छन ।

कार्यक्रममा नेपाली काग्रेशका सहसचिव रामचन्द्र केसीले पत्रकारले न्यूनतम हैन अधिकत पारिश्रमिक पाउनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका थिए । त्यस्तै नेकपा एमालेका सचिवालय सदस्य इश्वरी बुढाथोकीले कुनैपनि ठाउँमा श्रमको आधारमा उसको ज्याला तोकिने भएकाले पत्रकार मात्रैको हैन आम सर्वसाधारणको न्यूनतम पारिश्रमिक हुनुपर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघ सल्यानका सभापति शालिकराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २ दर्जन बढि पत्रकारहरुले जिल्लाको पत्रकारीतालाई टिकाउन एकआपसमा मिलेर काम गरेको बताएका थिए । जिल्लामा क्रियाशिल पत्रकारहरुका आफ्नै संचार माध्याम भएका कारण जिल्लामा मजदुर र मालिकको रुपमा कोहि नछुट्टिएको बताउदै पत्रकारहरुले संचार माध्याममा हुने आयको आधारमा उसको पारिश्रमिक निर्धारण गरिएको र त्यसमा नै सबैले काम गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ