१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोट बजारमा सरसफाइ, एमाले धनवाङको गाउँ अधिवेशनको तयारि पुरा

१७ फाल्गुन २०७२, सोमबार ०८:१०

शँकर के सी/ फागुन १७, सल्यान । सल्यानको कपुरकोट बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ । नेकपा एमाले धनवाङको आठौँ गाउँ अधिवेशनको अवसरमा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

नेकपा एमाले धनवाङ गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उप सचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको सरसफाइ कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्बर २ का निवर्तमान सभापती दुर्गा बहादुर गिरिले सरसफाइमा ध्यान पु¥याउन नसकेमा मानव स्वास्थ्य नै खतरामा पर्ने भएकाले अझै सरसफाइको महत्व बुझाउन तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । सरसफाइ कार्यक्रम वेला बखतमा भन्दा पनि नियमित रुपमा हुनुपर्ने उहाँको भनाइ छ ।

salyan news 1यस्तै नेपाली कागेस धनवाङका निवर्तमान सभापती डण्ड बहादुर सेनले दाङ सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारलाइ शुन्दर, सफा र मनोरम बनाउनका लागी सरसफाइको खाँचो औँल्याउनुभयो ।
एमाले धनवाङको आयोजनामा भएको कार्यक्रममा कपुरकोटको डाँडाबजार, तल्लो बजार, न्युरोड, रोल्पा रोड र किमुचौर रोडमा सरसफाइ गरिएको छ । कार्यक्रमको सहजीकरण गाउँ कमिटीका सचिव शँकर के सी ले गर्नुभएको थियो ।

salyan sajha sabal 1

यसैविच नेकपा एमाले धनवाङको भोलि कपुरकोटमा हुने आठौँ गाउँ अधिवेशनको तयारि सम्पूर्ण पुरा भएको आयोजकले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले भोलि विहान ११ बजेतीर उद्घाटन गर्ने भनिएको अधिवेशनमा सांस्कृतीक कार्यक्रम, साउण्ड सिस्टम, मञ्च व्यववस्थापन जस्ता तयारि सम्पन्न भइसकेको गाउँ कमिटी उपाध्यक्ष भुवनेश्वर गौतमले जनाउनुभएको छ । भोलि हुने अधिवेशनबाट आगामी २ वर्षका लागी नयाँ गाउँ कमिटी चयन गरिने छ ।

salyan sajha sabal

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु