२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्मला र गोपिलालको विषयलाई लिएर सल्यान ठप्प

२०७२, २ चैत्र मंगलवार ०६:४७

चैत्र २, सल्यान । सल्यानमा त्रिवेणी र जिल्ला प्रहरी कार्यालयमा घटेको घटनालाई लिएर सल्यान ठप्प बनेको छ । सोहि घटनालाई लिई अहिले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलहरु छलफल गरिरहेका छन । लुहाममा सर्वपक्षिय भेला गराई संघर्ष समिति गठन गरी संगठित आन्दोलनमा लागेका पिडितहरुले गरेको बन्दले सल्यानको जनजिवन प्रभावित बनेको हो ।

बन्दका कारण सल्यानको बजार, शिक्षणसंस्था, यातायात प्रभावित बनेका छन । फाल्गुण २२ मा आत्महत्या गरिएकि भनिएकी त्रिवेणी ६ कि निर्मला वि.क.को हत्या नै भएको भन्दै उनिहरुले सोहि घटनामा जोडिएका ५२ बर्षिय गोपिलाल बुढाथोकीको हिरासतमा झुण्डिएर आत्महत्या भयो भन्दै झुण्डिएको कुनैपनि प्रमाण नदिनु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन भएको भन्दै ५ लाख माग गरेका छन ।

अहिले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका नेतृत्व र सरोकारवाला निकायको विचमा छलफल भैरहेको छ । छलफलमा के निर्णय हुन्छ सोहि आधारमा आफुहरुले गतिविधिलाई अगाडि बढाउने संघर्ष समितिका संयोजक खिम बहादुर रावतले जानकारी दिएका छन । आफ्ना माग पुरा नभए आन्दोलनलाई शसक्त पार्ने उनले बताएका छन । लुहाममा सोमबार दिउसो सर्वपक्षिय भेला गरेका उनिहरुले जिल्ला प्रहरी कार्यालयमा पनि मान्छे मारिनु र त्यसको प्रमाण नराखिनु षडयन्त्र भएको आरोप लगाएका छन । उनिहरुका मागहरुमा फाल्गुण २२ मा हत्या आत्महत्या भनिएकी त्रिवेणी ४ बस्ने निर्मला वि।कको नियोजित हत्या गरेकाले निजका हत्याराहरुलाई अनुसन्धान गरि अपराधिलाई कार्वाहि गर्नुपर्ने, त्रिवेणी ६ सिम्कका ५२ बस्ने गोपिलाल बुढाथोकीको जिल्लाकै सुरक्षा अंग मानिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा पासो लगाई आत्महत्या गरिएको भनिएपनि पासोको कुनै प्रमाण नदेखाई ढाकछोप गर्ने षडयन्त्रमा आपत्ती प्रकट र उक्त रहस्यमय हत्याको सत्यतथ्य छानविन र मृतकका छोराछोरीलाई जीवन यापन गर्नकालागि १० लाख रुपैयाँ दिनुपर्ने लगायत रहेका छन ।

गएको फागुन २२ गते त्रिवेणी ७ पोखरीकी २५ वषिर्या निर्मला विकको रहस्यमय मृत्यु पछि परिवारले जिल्ला प्रहरी कार्यालयमा आत्महत्या गरिएका गोपिलाल र उनकी श्रीमती त्रिवेणी ६ की ३५ वर्षिया मन्धरी बुढाथोकी, त्रिवेणी ४ की २८ वर्षिया मोती खड्का र ४ कै २२ वर्षिया दुर्गा बोहरालाई पक्रेको थियो ।

मृतकका आफन्तलाइ जिल्ला प्रशासन कार्यालयमा बोलाइ प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नै भएको छलफलमा आफन्तले २२ गते भएको घटनाको वास्तविकता खुलाएका थिए । उनिहरूले घटनाको वास्तविकतालाइ मेटाउन देशका ठुला राजनीतिक दलहरू नै लागेको आरोप लगाउदै त्यसको जवाफ दिन राजनितिक दललाइ पनि उपस्थितीको लागि अनुरोध गरेका थिए । मान्छे मारिनु अनि राजनीतिक रूपमा संरक्षण गरिनुले आफुलाइ झनै शंका उब्जाएको उनिहरूले बताएका थिए । गोपिलालका आफन्तले मृत लाशलाइ बुझेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर