2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बास्तविक पिडितले राहत पाएनन्

डिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानमा वास्तविक पिडितले राहत नपाएको सरोकारवालाहरुले बताएका छन । संक्रमणकालिन अवस्थामा द्वन्द पिडितको पहिचानमा समस्या आएको भन्दै उनिहरुले राहत नपाएको तर पार्टी तथा पहुचमा हुनेहरुले पिडित नभएतापनि राहत पाएको बताएका हुन । हरप्लेस सल्यानको आयोजनमा संक्रमणकालिन न्याय तथा शान्ति मञ्च खलंगाले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्नेहरुले यस्तो बताएका हुन ।

विहिबार सरकारी निकाय, सरोकारवाला निकाय र द्वन्दपिडित विच भएको भएको संक्रमणकालिन न्याय विषयक जिल्ला स्तरिय कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले न्यायपालिका स्वतन्त्र हुनुपर्ने बताएका छन । उनले द्वन्दकालमा भएको घटनाका प्रमाण नष्ट भएका कारण विचको समयमा हुने संक्रमण कालमा पुरानो कानुन वा नयाँ कानुनले काम गर्ने अवस्था नभएकाले संक्रमणकालिन न्यायको व्यवस्था हुने बताएका छन ।

द्वन्द व्यवस्थापनका लागि राहत, पुनरस्थापित, पुनरनिर्माण, पुनरमिलन र संक्रमणकालिन न्याको महत्वपूर्ण भूमिका रहेको बताउदै उनले यसको सहि प्रयोग हुनुपर्ने बताएका छन । अन्तरसम्वादमा एमालेका अध्यक्ष हरि केसी, एमाओवादी उपाध्यक्ष ज्ञान बहादुर वली, राप्रपा नेपालका अध्यक्ष मनोज सिंह, नेकपा मालेका सचिव बल बहादुर गिरी, उद्योग वाण्ज्यिसंघका सचिव दिपक हमाल अधिवक्ता सिपिवली, महिला मानव अधिकारी रक्षक संजालकी अध्यक्ष शोभिता बस्नेत , अन्तरपाटि महिला संजालकी अध्यक्ष शुसिला गिरी लगायतले भाग लिएका थिए ।

स्थानिय शान्ती समिती सल्यानकी सचिव विष्णु शर्माको कार्यपत्रमा नेपाल वार यसोशिसयनका अध्यक्ष थलराज भण्डारीले टिप्पणी गरेका थिए । हरप्लेसका जिल्ला संयोजक रामचन्द्र रेग्मीको सहजिकरणमा भएको कार्यक्रमको अध्यक्षता संक्रमणकालिन न्याय तथा शान्ति मञ्च खलंगाका अध्यक्ष नविन भडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल