९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी जनताको अग्रभागमा सुरक्षाको काम गर्छ : प्रहरी प्रमुख नेपाल

१७ चैत्र २०७२, बुधबार ०८:५६

डिल्लीराज रावत, चैत्र १७, सल्यान । प्रहरी नायव महानिरिक्षक माधव कुमार नेपालले प्रहरीले जनताको अग्रभागमा रहेर सुरक्षाको काम गर्ने बताएका छन । सरकारले दिएका सुविधाबाट नयाँ प्रविधिको वेशमा काम गर्ने बताउदै मध्यपश्चिम प्रहरी प्रमुख माधवले जनताको विश्वास नै प्रहरी भएको बताएका छन ।

nepal

उनले यतिबेला सल्यानमा घटेका घटनाहरुमा पनि विभिन्न प्रविधिको प्रयोग गरि प्रहरीले सफलता हात पारेको बताएका छन । यो जमाना प्रविधिको भएकाले प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका नेपालले अपराधीलाई सजाय दिलाउन र कानुनको दायरामा ल्याउन त्यस्ता प्रविधिले काम गर्ने बताएका छन ।

विगत केहि दिनदेखि सल्यानमा घटेका जघन्य अपराधहरुको अवलोकनका लागि सल्यानका आएका उनले यदि प्रहरीले कुनै बदमासी गरेमा त्यसको फैसला अदालतल भएकाले कानुनी राज्यमा कानुन भन्दा माथि कोहि नभएको बताएका छन । यदि प्रहरीले अनुसन्धान त्रुटी गर्छ भने त्यसको पनि छानविन हुनुपर्ने बताउदै उनले कानुनले कसैलाई नछोड्ने बताएका छन ।

प्रहरीले कसैलाई फसाउन र कसैलाई उकास्न कुनैपनि गतिविधि नगर्ने भन्दै प्रहरीले पनि मानव अधिकारको रक्षा गर्ने बताएका छन । आफुले प्रहरी र जनताको सहकार्यलाई लागु गराउने गरि प्रहरीको परिचालन गरेको बताउदै उनले मध्येपश्चिममा देखिएको लागुऔषधलाई तल्लो स्तरसम्म ल्याउने गरि योजना ल्याएको र आफु त्यसमा सफल हुने बताएका हुन ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा जिल्लाका राजनीतिक दल, पत्रकार, तथा विभिन्न व्यक्तिहरुसंग भएको अन्तरक्रियामा उनले कुनैपनि आवरणमा हुने चोरिनिकासी का साथ अपराध र अपराधीलाई सिध्याउने बताएका उनले त्यसमा सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा एक कालागाउकी एक बालिकाको बलात्कार पछि हत्या गरिएको अभियोगमा अनुसन्धान भैरहेका गोब्लु भनिने सल्यान जिमाली ३ तुरतुरेका २६ बर्षका एकराज चलाउने लाई पक्राउ गरिएको र जिल्ला अदालत सल्यानबाट ५ दिन म्याद थ भई अनुसन्धान कार्य जारी भैरहेको भन्दै जानकारी दिइएको थियो ।

उनलाई चैत्र आइतबार बालिका बलात्कार पछि हत्या गरेको भन्दै सोमबार नै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षकको टोलीले पक्राउ गरेको हो । अभियुक्त चलाउनेले मादक पदार्थको अत्यधिक प्रयोग गर्ने र खाना नखाने भएकोले उनको स्वास्थ्य अवस्थामा गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता