2026-07-25 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकारहरु सूचना जनस्तर सम्म पुर्याउ : प्रजिअ रिजाल

tahalkaडिल्लीराज रावत, चैत्र २१, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सुचनाको हक कार्यान्वयनको महत्वपूर्ण माध्यम पत्रकारीता भएकोले उनिहरुले त्यो कुरा जनस्तरसम्म जानकारी दिनुपर्ने बताएका छन ।

????????????????????????????????????

????????????????????????????????????

सरकारी क्षेत्रका काम नभएको भन्दै अन्तमा मात्रै जागरुक नभई पत्रकारहरु कामको सुरुवातीमा नै खवरदारी गर्नेगरि पत्रकारले सकारात्मक भूमिका खेल्नुपर्ने भन्दै उनले एउटा सेवा ग्राहि जव सन्तुष्ट भएर कार्यालयबाट फर्किन्छ तवमात्र सुशासन कार्यान्वयन हुने बताएका छन । उनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई आफ्नो मिडियाबाट नागरिक वडापत्रहरुलाई प्रशारण गर्न सहयोग गर्नुपर्ने बताएका छन । उनले जनस्तरमा ति कुराको जानकारी भएमा समाजमा भ्रष्टाचारका गतिविधि कम हुने बताएका छन ।

रेडियो तहल्का सल्यानको पहिलो बार्षिकोत्सवको अवसरमा खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै राजनीतिक दलको भागबण्डाका लागि बन्द कोठामा आयोजना बाँडिने कुराको अन्त्य हुनुपर्ने बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि तथा स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले अफवाह फैलाउने खालको पत्रकारीता नगर्न पत्रकारहरुलाई आग्रह गरेका थिए । त्यस्तै उनले आवाज नहुनेहरुको आवाज बन्न रेडियो तहल्कालाई शुभकामना दिएका थिए । अर्का विशिष्ट अतिथि तथा नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले राज्यको चौथो अंग मानिने पत्रकारीताले आदर्श राज्य स्थापनाकालागि सहयोग गर्नुपर्ने बताएका छन । उनले यदि कतै गलत भएको भए पत्रकारले हस्तक्षेप गरेर भएपनि पत्ता लगाउनुपर्ने बताएका छन ।

कार्यक्रममा उपस्थित नेपाली काग्रेशका जिल्ला सभापति गणेश चन्द, एमालेका अध्यक्ष हरि केसी., एमाओवादीका नेता भिम प्रकाश शर्मा, राप्रपा नेपालका युवराज आचार्य, राप्रपाका सचिव दुर्गा बहादुर सिंह रावत, नेकपा मालेका बल बहादुर गिरी, राष्ट्रिय जनमोर्चाका क्षेत्र बहादुर वि.क, राष्ट्रिय जनमुक्तिका अध्यक्ष खडक बहादुर पुन लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा सहभागि विभिन्न शिक्षक, पत्रकार, सरकारी तथा गैर सरकारी कार्यालका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

गत बर्ष चैत्रमा प्रशारण आरम्भ गरेको रेडियो तहल्काले दैनिक १८ घण्टा आफ्ना कार्यक्रम प्रशारण गर्दै आएको छ । बार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा बर्षभरिका कार्यक्रमलाई शब्द तथा दृश्यबाट सबैलाई देखाईएको थियो । २ बर्ष प्रवेश गरेको अवसरमा रेडियोले सबैलाई धन्यवाद पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक