2026-08-31 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाश खोज्दै प्रचण्डका मतदाता

मङ्सिर १५, काठमाडौँ | पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन गरेनन्।

दाहालपुत्र प्रकाशको मंसिर ३ मा काठमाडौंमा निधन भएको हो । पुत्र शोकमा रहेका बेला पनि सभामा उपस्थिति भएको घटनालाई भरतपुरका स्थानीयले गम्भीर र संवेदनशील रूपमा लिएका छन्। यो खबर चिरञ्जिबी ढुंगाना र अनिल ढकालले आजको अन्नपूर्णमा लेखेका छन्।

पुत्र शोकको पीडालाई विस्तारै भुल्दै दोस्रोपटक सपरिवार भरतपुर पुगेका दाहालले यसपटक भने चुनावी अभियानका क्रममा घरदैलोलाई तीव्रता दिएका छन् । दाहालले माओवादी सशस्त्र युद्धका बेला ३९ जनाको ज्यान लिने गरी गराइएको स्थल माडीमा आयोजित चुनावी सभामा सम्बोधन गरी माडी घटना सशस्त्र युद्धकालकै सबैभन्दा दुःखद भनी टिप्पणी गर्न भ्याए। यो सम्बोधनपछि दाहालको पक्षमा त्यहाँका मतदाता उभिनसक्ने अवस्था बनेको माओवादी कार्यकर्ता बताउँछन्। नेपालको चुनावमा ‘सेन्टिमेन्ट’ ले पनि अर्थ राख्ने गरेको छ। विगतका केही यस्ता उदाहरण पनि छन्।

दाहाललाई पनि पुत्र शोकमा रहेको सेन्टिमेन्टले मद्दत गर्ने अनुमान लगाउने पनि कम छैनन्। ‘प्रकाश साँच्चिकै प्रकाश थियो। उसले जनताको भावना बुझेर माओवादी अध्यक्षलाई काम गर्न सघाउँथ्यो’, मेघौलीका ७५ वर्षीय नील चौधरी सम्झन्छन्। उनले भने, ‘दाहालपुत्री रेणु भरतपुर महानगरको मेयरमा उठेका बेला खानेपानीका लागि आवाज उठाउँदा प्रकाशले आफैंले रकम निकासा गरे। आफूले दाहाललाई नचिने पनि उनका छोराको सहयोगको गुन तिर्छु।’ कांग्रेस कार्यकर्ता उनी यसपटक भने प्रकाशको सहयोगप्रति नतमस्तक छन्। ‘पिता पुष्पकमलसँगै प्रकाश नदेख्दा आँखा रसायो’, उनले भने, ‘यस्तो आपत कसैलाई नपरोस्।’

वैशाख ३१ मा सम्पन्न स्थानीय तह चुनावमा प्रकाशले खेलेको भूमिकाबाट त्यहाँका माओवादी मात्र नभएर सर्वसाधारणमा पनि सकारात्मक छाप परेको रहेछ। ‘हर्षित मुद्रामा घरदैलोमा उपस्थित भए पनि पुत्र शोकको आलो घाउले गर्दा बाबु पुष्पकमलको अनुहारको चमक नदेखेको अनुभव भरतपुर चोकबजारका श्याम श्रेष्ठले सुनाए। ‘प्रकाशप्रति श्रद्धाञ्जली दिनकै लागि पनि मेरो मत दाहाललाई जानेछ। यो मत प्रधानमन्त्री बन्न सक्ने नेताकहाँ जाने हुँदा मेरो निर्णय हुनेछ’, उनले भने।

स्थानीय चुनावमा कांग्रेसको दबाबमा दाहालपुत्री रेणुलाई जिताएको स्मरण गर्दै उनले भने, ‘यसपटक बिनाकरकाप बाबु पुष्पकमललाई जिताउन मेरो मत हुनेछ।’ पुल्चोककी अनिता दवाडीले पनि प्रकाशको सम्झनामा यसपटक दाहाललाई मत दिने बताइन्। उनले दलहरूको चुनावी घोषणापत्र हेरेर थाकिसकेको जनाउँदै जो जिते पनि निकटका कार्यकर्ता, गुन्डा पोस्ने काम गरेको भन्दै दुःख व्यक्त गरिन्।

उनेले भनिन्, ‘पार्टी र उम्मेदवार नहेरी प्रकाशको सम्झनामा मत दिन्छु।’ भरतपुर बजारका सूर्य दाहालले चितवन–३ मा विक्रम पाण्डेलाई पुष्पकमलको प्रतिस्पर्धी भन्न नमिल्ने तर्क गरे। मुलुकको भविष्य निर्माणमा राज्यलाई दिशा दिन सक्ने नेतृत्वका रूपमा आफूले दाहाल देखेको उनको धारणा छ।‘रेणुको चुनावपछि प्रकाश आमजनताबीच निकट थिए। उसको अभाव युवा पुस्ताबीच छ’, उनले भने।निर्वाचनमा देखिएको भद्रगोल व्यवस्थापन गर्न पनि प्रकाशको आवश्यकता महसुस भएको उनले बताए।

मेघौलीका भीमसेन तामाङले आफूले चितवनको विकासका लागि र प्रकाशप्रति श्रद्धाञ्जली दिन मत दाहाललाई दिने बताउँछन्। उनले भने, ‘सन्तान हत्या गर्ने हत्यारोले पनि सन्तान गुमाउन नपरोस् भन्ने भावना मेरो छ

सोही भावनाकै आधारमा छोरा गुमाएको पीडामा रहेका बाबुलाई मत दिनु मेरो कर्तव्य हो। राजनीतिक कार्यकर्ताले मात्र उम्मेदवार छान्छ, हामीलाई दाहालले नै जिते पनि हुने केही होइन।’छोराछोरीको भविष्यका लागि भए पनि मुलुकको प्रधानमन्त्री हुने व्यक्ति रोज्ने धारणा उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै