2026-09-21 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ

काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईँलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘फेक डकुमेन्ट’ बनाएर दुष्प्रचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रसाईँले हालै सामाजिक सञ्जालमा अपलोड गरेको एक भिडिओलाई ओलीका विरोधीहरूले भाइरल बनाएको छन्। उक्त भिडिओमा गलत सूचना र कीर्ते सरकारी दस्तावेज प्रयोग भएको दाबी प्रहरी र विज्ञहरूले गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, साइबर क्राइम ब्युरोले दुर्गा प्रसाईँविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। कानूनी प्रावधान अनुसार, उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र मुलुकी अपराध संहिता २०७४ को विभिन्न दफाहरु अन्तर्गत कारबाही हुनसक्ने बताइएको छ।

अभिवक्ता विनिता तामाङका अनुसार, सरकारी वा सार्वजनिक दस्तावेज कीर्ते गर्नेलाई मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

त्यसैगरी, हस्ताक्षर कीर्ते गर्ने दोषीलाई ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना तोकिने कानूनी प्रावधान छ।

यदि प्रसाईँले व्यक्त गरेका अभिव्यक्ति झुटो ठहरिएमा, विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार, उनलाई १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ।

दुर्गा प्रसाईँले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाउँदै ‘फेक डकुमेन्ट’ प्रस्तुत गरेको भनाइ बाहिरिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ भने कानूनी प्रक्रिया अनुसार दोषी प्रमाणित भए कानूनी सजाय गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो