२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उच्च भेगका जन्ता नै सञ्चार सेवाबाट बञ्चित

१८ बैशाख २०७३, शनिबार ०५:४४

आशिष के.सी । बैशाख १८, सल्यान । यस जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि सल्यान जिल्लाको उच्च ठाउ भनेर चिनिने कोर्बाङ झिम्पेको खर्सुबास लेक मुनिका केही वडाका बासिन्दा वर्षौं देखि सञ्चार सुविधाबाट वञ्चित छन् ।

कोर्बाङ झिम्पेको ५,६,७र ८ नं वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ । “चार वडा सञ्चारकै पहुँच बाहिर छन,” स्थानीय रमेश के.सीले भन्नुभयो – “अरुतिर सामान्य भइसकेको मोबाइल सेवा यहाँ भने विस्तार हुनै सकेको छैन ।”

बिगतमा हेलो नेपालले काम गरिरहेका भएपनि हाल आएर हेलो नेपाल पनि बन्द भएपछि त्यस क्षेत्रका बासिन्दाले झनै सास्ति भोग्दे आएका छन । सिमा क्षेत्र दमाचौर र रोल्पाको जुगारमा ऐनसेल र नमस्तेका टावर भएपनि त्यसक्षेत्रको टावरले काम गर्दैन । भिम्पे गा.बि.स पहाडी क्षेत्र,भौगोलिक बिकटताको कारण कुनै पनि सिमाक्षेत्रका नेटवर्क समेत प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ । कतैकतै हेलो नेपालको नेटवर्क टिप्ने भएकाले त्यसैबाट काम चलाइने गरिएको स्थानीयवासी लोक ब. वली बताउदछन् ।

चारसय ५० भन्दा बढी घरपरिवार रहेको को.झिम्पे ५, ६,७ र ८ का बासिन्दाले वर्षांैदेखि मोबाइल सेवा नपाएपछि फोन गर्न अग्लो डाँडाकाँडा धाउन’ परेको छ । कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर घन्टौ दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ । उनीहरु महङ्गो भएपनि हेलो नेपालको सिमकार्ड चलाउन बाध्य छन। गाउँमा हेलो नेपाल मोबाइलको रिचार्ज कार्ड व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेका छन् । “यहाँ ५० को कार्ड खरिद गर्दा ६०,६५ रुपैयाँसम्म तिर्नुपर्छ,” स्थानीयवासी गौरब के.सीले भने।

२०५६ साल भन्दा पहिलानै झिम्पे टावर निर्माणगरी नेपाल प्रहरी बसेको र जनयुद्धकालमा माओबादी र प्रहरीको लडाईपछि टावर छाडेर गएपछि टावर बेबारिसे बनेको हो । यदी झिम्पे टावरमा कुनै पनि दुरसञ्चार कम्पनीले नेटवर्क जोडनसके हजारौ जन्ताका माझ सञ्चारसेवा पुग्ने जानकारहरु बताउछन। झिम्पे टावर निर्माणको लागी हाल सम्मकतै बाट पहल भईरहेको छैन।यदी झिम्पे टावर निर्माण गनेृहो भने को.झिम्पे र दमाचौरका स्थानियले हस्ताक्षर सहित डेलिगेसन लियर आए हामीले टावर निर्माणमा सक्दो पहल गर्छौ, नेपाल टेलिकम सल्यानका एक कर्मचारी बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य