२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

२०७४, १९ मंसिर मंगलवार १६:२८

मङ्सिर १९, मंगलबारे (रासस) | निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले इलामबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । 

स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरेको हो । 

गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्व नेपाली सेनासहित १२ जनालाई पक्राउ गरेको इलामका प्रमुख एसपी विपीन कर्मचार्यले बताउनुभयो । 

पक्राउ पर्नेमा नेपाली सेनाका भूपू जागिरे चितवनका ५१ वर्षीय वसन्तबहादुर बराल, चितवनकै ४९ वर्षीय मुक्तिनाथ अधिकारी, तनहुँका २८ वर्षीय रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका २० वर्षीय तेजेन्द्र जिसी, गुल्मीकै १७ वर्षीया कोपिला थापा, काठमाडौँका ४१ वर्षीय कृष्ण थापा, काठमाडाँैकै ३२ वर्षीया मीना केसी, तेह्रथुमका २९ वर्षीय कृष्णप्रसाद अधिकारी, संखुवासभाका २९ वर्षीय अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रुपन्देहीका २० वर्षीया माया रहनुभएको छ । 

प्रहरीले पक्राउ पर्नेको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीनथान नागरिकता, चारथान मतदाता परिचयपत्र र नेपाली रु चार हजार ५०० तथा भारतीय दुई हजार ५७० बरामद गरेको छ । 

पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन गतिविधिविरुद्ध लाग्दै आएका विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारबाही गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम