Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भोटे गाउँलाई पर्यटकिय क्षेत्र बनाएर फिदिम नगरको आयस्रोत वढाइने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जितेन्द्र भण्डारी/मंसिर २८, पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ स्थित भोटे गाउँको च्याङछुक छोलिक गुम्बाको परिषरमा आयोजित एक महिने शेर्पा नृत्य प्रशिक्षण कार्यक्रम बिहिबार बाट शुरु भएको छ ।

फिदिम नगरपालिकाको सहयोग तथा नेपाल शेर्पा संघको आयोजनामा संचालित प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले भोटे गाउँलाई पर्यटकिय क्षेत्रको रुपमा विकशित गरेर आन्तारिक तथा बाह्य पर्यटकहरु भित्रयाउन सके नगरपालिकाको आयस्रोतबढ्ने भएको हुँदा यस क्षेत्रलाई पर्यटिकय क्षेत्रको रुपमा पर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै शेर्पा भाषाको भाषा संरक्षण,संर्वद्धनको निम्ति भौतिक पूर्वाधार विकाश गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ,नेपाली काग्रेसका पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु, फिदिम नगरपालिकाका वाणिज्य सल्लाहकार त्रयहरु शुभराज थापा,रमेशभगत प्रधानांग, दिपक नेपाल, फिदिम नगरपालिका वडा न १२ का अध्यक्ष प्रेम नारायण आचार्य, आदिबासी जनजाती महासघ पाँचथर जिल्ला अध्यक्ष रिन्जी शेर्पा लगायतले वोल्नुभएको थियो ।

नेपाल शेर्पा सघं फिदिमका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।