२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

२०७४, ४ पुष मंगलवार ०२:१३

पुस ४, काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । 

एकातिर प्रादेशिक राजधानीका लागि आन्दोलन र चक्काजाम सुरु भइरहँदा मुख्य मन्त्री बन्न पनि नेताहरुबीच दौडधुप तीब्र भएको छ । मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेस देशका सातवटै प्रदेशको मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएको अवस्थामा एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरु आकांक्षी देखिएका हुन् ।

आजको अन्नपूर्णमा खबर छ-वाम गठबन्धन बनाएर चुनाव लडेपछि दुईतिहाइ बहुमत ल्याएका यी दुई दलले प्रदेशको मुख्यमन्त्री पनि भागवण्डा गर्ने तयारी गरेका छन् । जसमा प्रदेश १, ३, ४ र ५ एमालेको भागमा पर्ने करिब पक्का जस्तै छ भने ६ र ७ मा माओवादी केन्द्रले दाबी गरिरहेको छ ।

अर्कातिर प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेकाले उनीहरु नै सरकार निर्माणको तयारीमा छन् । यो अवस्थामा प्रदेश १ देखि ७ सम्मका मुख्यमन्त्रीका दाबेबार अनुहारबारे हामी यहाँ चर्चा गर्दैछौँ ।

प्रदेश १ : शेरधन र भीम

प्रदेश नम्बर १ मा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सचिव भिम आचार्य मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा रहेका छन् । राई भोजपुरको प्रदेश सभा(ख) बाट निर्वाचित भएका हुन् भने आचार्यले सुनसरी क्षेत्र नम्बर १(ख) बाट चुनाव जितेका छन् ।

९३ सिट रहेको प्रदेश १ मा ५२ सिट जित्दै एमालेले बहुमत ल्याएको छ । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले १५ सिट जितेको छ । एमालेको एकल बहुमत भएको अवस्थामा यहाँ वाम गठबन्धनको दुईतिहाइ बहुमत हुन्छ ।

प्रदेश २ मा राउत र सोनाल

मधेसवादी दलको झिनो बहुमत रहेको प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमका नेता लालबाबु राउत मुख्यमन्त्रीका दाबेदार छन् । त्यसैगरी राजपाका महासचिव मनिष सुमन र नेता जितेन्द्र सोनलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ ।

प्रदेश २ मा प्रत्यक्षमा फोरमले २० सिट र राजपाले १५ सिट जितेको छ । राजपा र फोरम दुवैले समानुपातिकमा ९-९ सिट पाउने सम्भावना छ । यो अवस्था यहाँ दुई दलको बहुमत पुग्छ । प्रदेश २ मा प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी कुल १०७ सिट छ ।

प्रदेश ३ मा महिलाको दाबेदारी

अन्य प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको चर्चा न्यून रहेका बेला प्रदेश नम्बर ३ मा भने महिलाको बलियो दाबेदारी छ । प्रदेश नम्बर ३ मा मुख्यमन्त्रीमा महिलाको नाम चर्चामा आएको हो ।

मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी पराजित भएपछि कांग्रेस देशका सातवटै प्रदेशको मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ भएको अवस्थामा एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताहरु आकांक्षी देखिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ८(ख) बाट विजयी अष्टलक्ष्मी शाक्य प्रदेश ३ को मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा देखिएकी छन् । मुख्यमन्त्री हुने चाहनामा नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य प्रदेश सभाबाट चुनाव लडेकी हुन् ।

शाक्यका साथै प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ र केशव स्थापित पनि चर्चा छन् । प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ । ११० सिट रहेको यहाँ एमालेले मात्रै ५९ सिट जित्दा माओवादी केन्द्रले २४ सिट जितेको छ । यो अवस्थामा यहाँ वाम गठबन्धनको मात्रै दुईतिहाइ हुन्छ ।

प्रदेश ४ मा दुई गुरुङ

प्रदेश ४ मा मुख्यमन्त्रीका लागि एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र अर्का नेता किरण गुरुङ दाबेदार छन् । एमाले सचिव गुरुङ लमजुङ प्रदेश सभा(ख) बाट बिजयी भएका हुन् । अर्कातिर किरण गुरुङ तनहुँ क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका छन् । ६० सिट रहेको प्रदेश ४ मा एमालेले २७ र माओवादी केन्द्रले १२ सिट जितेको छ । यो प्रदेशम वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रदेश ५ मा शंकर पोखरेल बलियो

प्रदेश नम्बर ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीमा प्रबल दाबेदार हुन् । उनी दाङ क्षेत्र २(क) बाट विजयी भएका हुन् । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्रीको लागि दाबेदारी प्रस्तुत गरेका छन् । कुल ८७ सिट रहेको प्रदेश ५ मा एमालेले ४४ सिट जित्दा माओवादीले २२ सिट जितेको छ । प्रदेश ५ समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रदेश ६ मा शाही र भण्डारी

प्रदेश नम्बर ६ मुख्यमन्त्रीमा लागि माआवोदी केन्द्रका नेता महेन्द्रबहादुर शाही र नरेश भण्डारी प्रमुख दाबेदार छन् । शाही कालिकोट प्रदेश सभा(ख)बाट निर्वाचित भएका हुन् भने भण्डारी जुम्ला प्रदेश सभा(क) मा बिजयी भएका हुन ।

यहाँ एमाले नेता प्रकाश ज्वाला र यामलाल कंडेलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ । प्रदेश ६ मा समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ । ४० सिट रहेका प्रदेश ६ मा एमालेले २० सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट जितेको छ ।

प्रदेश ७ मा वीरमान र कर्णबहादुर

माओवादी भाग पर्ने सम्भावना रहेको प्रदेश नम्बर ७ मा वीरमान चौधरी मुख्यमन्त्रीको लाइनमा छन् । चौधरी कैलाली क्षेत्र नम्बर ३(क) बाट निर्वाचित भएका छन् । एमालेका नेताहरु कर्णबहादुर थापा, दीर्घ सोडारी र प्रकाश शाह लगायतको नाम समेत मुख्यमन्त्रीको चर्चामा छ ।

मुख्यमन्त्रीको चर्चामा रहेका एमालेका केन्द्रीय सदस्य थापा समानुपातिक सूचीमा छन् । कुल ५३ सिट रहेको प्रदेश सातमा एमालेले २४ सिट जितेको छ भने माओवादीले १४ सिट जितेको छ । 

प्रदेश ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ । सात प्रदेशमध्ये प्रदेश नम्बर ३ बाहेक अरु कुनै प्रदेशमा मुख्यमन्त्रीका लागि महिलाको नाम चर्चामा समेत छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह