४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु

५ मंसिर २०८१, बुधबार १४:४७

हुम्ला | हवाई टिकटको अभावका कारण खार्पुनाथ गाउँपालिका-१, लाली गाउँकी २० वर्षीया शान्ती शाहीको शिशुको मृत्यु भएको छ। मङ्सिर २ गते सुत्केरी व्यथा लागेपछि शाहीलाई जिल्ला अस्पतालमा पुर्याइएपनि शिशुको उल्टो अवस्थाका कारण उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो।

जिल्ला अस्पतालले रिफर पत्रमा हवाई टिकटको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको थियो। शाहीका श्रीमान सुरज शाही हवाई टिकटको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पुगे, तर प्रशासनले कुनै पहल नगरेको उनको गुनासो छ।

३ गते नेपालगञ्जबाट नेपाल एयरलाइन्स र तारा एयरले उडान भरेपनि दुईवटै एयरलाइन्सले इमर्जेन्सी टिकट उपलब्ध नगराएपछि शिशुको मृत्यु भएको शाहीले बताए।

जिल्ला अस्पताल कार्यालय प्रमुख प्रतिक्षा भारतीले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्दा बच्चा उल्टो रहेको र जिल्लामा जोखिम मोल्न नसकिने भएपछि उनलाई रिफर गरिएको बताइन्। साथै, हुम्लामा ब्लड बैङ्क नहुनु र गर्भवती महिलाको ओ नेगेटिभ रक्तसमूह भएको कारण सुविधा सम्पन्न अस्पताल जान अनुरोध गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले भने, गर्भवती महिलालाई उद्धार गर्न हवाई चार्टर गर्नुपर्ने भए पनि उक्त दिनमा टिकटको व्यवस्था हुन नसकेको बताएको छ। नेपाल सरकारले विगत लामो समयदेखि दुर्गम हिमाली जिल्लाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई लिफ्टिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै