पुस ६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गरेको बताएका छन् ।
बिहीबार देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको सम्मान ग्रहण गर्दै अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकमा अब वाम गठबन्धनको जिम्मेवारी बढेको स्पष्ट पार्दै अन्य चार दलहरुलाई पनि सँगै लिएर जानुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले अर्को एक प्रसंगमा आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने जिम्मेवारी आफुले पाएको स्पष्ट पार्दै शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण र समृद्ध नेपालको नेतृत्व समेत आफुले गर्ने अवसर प्राप्त गरेको बताए ।
उनले भने, पृथ्वीनारायण शाहपछि ठूलो संघर्षको नेतृत्व मैले गर्ने अवसर प्राप्त गरे, यो अवसर बिरलै नेताहरुले प्राप्त गर्छन् । यो अवसर दिने नेपाली जनतालाई म धन्यवाद दिन चाहान्छु ।