2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनप्रतिनिधि बोलाएर रोल्पा र सल्यानको सिमाना छुट्याएपछि…

पुस ९, सल्यान । सल्यान छत्रेश्वरी गाउपालीकाले आफ्नो सिमाना छुट्याइएको छ । 

सिमानाको विषयले विवादमा मुछिएको सल्यानको छत्रेश्वरी गाउँपालीका १ र रोल्पाको सुकिदह गाउँपालीका ३ को बिचमा पर्ने चामीगाउँमा सल्यानले बोर्ड टाँगेर सिमाना छुट्याएको हो । 

जनताको माग अनुसार आफु सहितको टोली गएर बोर्ड टाँगेर सिमाना छुट्याएको छत्रेश्वरी गाउँपालीका १ का वडा सदस्य प्रकाश हमालले बताएका छन् । स्थानीयहरुले आफु सल्यानी नै भएको तर रोल्पाले दबाएर राखेको भन्ने गुनासो गरेपछि उनिहरुकै आग्रहमा सिमाना छुट्याउनको लागी आफुले वडा सदस्य सहितको टोली त्यहाँ पठाएको छत्रेश्वरी गाउँपालीका अध्यक्ष शन्तोष केसीले बताएका छन् । 

२०३५ साल अघिकोे राजपत्रमा मनिमारेको ढिक देखि चामीको खोला हुदै कुवापानी सम्मको पश्चिम भागमा पर्ने चामीगाउँ सल्यान भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । २०३५ साल पछि चामीको खोलापारी रोल्पाका केहि राजनितीक दलहरुले आफुले राजनीति गर्न सजिलो हुन्छ भनेर आफ्नो भुभाग रोल्पातिर लगेको स्थानीयहरुले गाउँका ठुलाबडा नेताहरुलाई आरोप लगाएका छन् । 

अहिले सम्म रोल्पाबाट कुनै सेवा सुबिधा नपाएको र विकास निर्माणका कामहरुमा पनि सधै ठगीएको स्थानीय पुर्ण बहादुर वलीले दुखेसो गरेका छन् । जहिले पनि रोल्पा जिल्लाबाट आएको जुनसुकै बजेटमा ठुलाबडाले गोजी भरेर सहरतिर ठुलाठुला महल बनाउने तर आफुहरु सधै दबिएर बसेको अर्का स्थानीय लोक बहादुर डाँगीले दुख व्यक्त गरे । 

अहिलेसम्म आफ्नो गाउँमा सबै सल्यानले विकास गरेको र आफु सल्यानी भएको स्थानीय पंचाराम डाँगीले बताए । आफुरुले नै गाउँपालीका बाट जनप्रतिनिधी बोलाएर सिमानामा बार्ड टाँग्न लगाएको अर्का स्थानीय बुद्विजीबि तथा शिक्षक टोपबहादुर केसीले बताएका छन् ।  सल्यानले सिमाना छुट्याई बोर्ड टाँगेपछि आफुहरु खुसि भएको उनिहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने