२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमसँग चाँडो एकता हुने गरी छलफल भइरहेको छ: महतो

२०७४, १२ पुष बुधबार १०:२९

पुस १२, काठमाडौँ  । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताउनुभयो । 

“राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भन्नुभयो– “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।” 

धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पार्नुभयो । 

राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत उहाँले व्यक्त गर्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा