2026-09-30 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।

भेटमा जापानी राजदूतले गृहमन्त्री गुरुङलाई पदभार ग्रहणको बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जापान सरकारले नेपालमा आर्थिक-सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्यलाई विस्तार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। छलफलका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुंगा-सुरुङ मार्गलगायत विभिन्न पूर्वाधार तथा विकास आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका थिए। यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

त्यस्तै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा नेपाल-जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका थिए। नेपालमा विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालय स्थापना र प्राविधिक सहयोगको आवश्यकता रहेको विषय पनि उठाइएको थियो।

गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपाली नागरिकप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। जवाफमा राजदूत तोरुले नेपालीहरू जापानी समाजमा सहजरूपमा समाहित भई विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आप्रवासन सहकार्यलाई अझ व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी