2026-09-30 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।

निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ । सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना सदस्य प्रस्तावक र सोही समितिका कुनै एक जना सदस्यको समर्थक हुनुपर्ने सङ्घीय संसद् (प्रतिनिधिसभा)का सचिव हर्कराज राईले जानकारी दिए ।

सोही दिन अपराह्न ४ः३० बजेसम्म निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसारको सूची प्रकाशित हुनेछ । शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । एकभन्दा बढी समितिमा पदेश सदस्य रहने मन्त्रीले सभापतिको निर्वाचनमा मतदान हुने अवस्था आएमा सोको जानकारी निर्वाचन हुनुभन्दा २४ घन्टा अगावै सम्बन्धित समितिमा लिखितरूपमा गराउन सचिवालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता