१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा मिठाई बेचेर सर्लाहीमा दुइतले घर

१३ पुष २०७४, बिहीबार १५:२९

पुस १३, सर्लाही | सर्लाहीका १८ वर्षीय सुनिलकुमार साहले सोलुखुम्बुमा मिठाई बेचेर तराईमा घर बनाउनुभएको छ । २०७२ सालमा सोलुखुम्बु आएका साहले सल्लेरीमा सुरु गरेको मिठाई पसलबाट सर्लाहीको मलगंवामा २ तले घर बनाउनुभएको हो । दैनिक २ हजारदेखि २५ सय रुपैयाँसम्म आम्दानी गर्दै आएको उहाँले बताउनुभयो ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा सञ्चालन गरेको मिठाई पसलबाट मासिक ६०  देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको साहले बताउनुभयो । जसबाट तेल, पिठो, चिनीलगायत मिठाईमा प्रयोग हुने सामाग्रीको खर्च कटाएर मासिक ३० हजार रुपैयाँसम्मसम्म वचत हुने गरेको छ ।

उहाँले सञ्चालन गर्नुभएको जय ज्वालामाई मिठाई पसलमा जेरी, लड्डु, खजुरी, पानीपुरी, समोसा र चटपटेको परिकार नचाख्ने व्याक्ति सल्लेरीमा कमै होलान् । धेरै बालबालिका, युवा र बृद्धबृद्धालेसमेत मिठाई रुचाउने भएकाले आफ्नो व्यापार राम्रो रहेको सञ्चालक साहले बताउनुभयो । दैनिक रुपमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म पसलमा र शनिबार पनि सप्ताहिक हाटमा मिठाई बेच्दै आउनुभएका साह आफू मिठाई व्यवसायबाट सन्तुष्ट रहेको बताउनुहुन्छ ।

धेरैजना कामको खोजीमा विदेश पुगेका छन् । तर सर्लाहीका मिठाई व्यापारी शाह मेहनत गर्ने हो भने कामका लागि भौंतारिनु नपर्ने बताउनुहुन्छ । कुनै पनि काम सानो ठूलो नहुने भएकाले पेसाको सम्मान गर्नुपर्ने र काम गर्न लजाउन नहुने उहाँको भनाई छ ।

‘आफ्नो जन्मथलो सर्लाही भएपनि कर्मथलो सोलुखुम्बु बनाएको छु, मेहनत गर्छु । सोचे जस्तो प्रतिफल नआउने त कुरै भएन’  उहाँ भन्नुहुन्छ, ‘सोलुखुम्बुमा मिठाई बेचेर कमाएको पैसाले २ जना दिदीहरुको बिहे समेत गरिदिएँ । अहिले घरखर्च समेत यही कमाईबाट चलाएको छु ।’

सर्लाहीमै कक्षा ७ सम्म पढेका १८ वर्षीय साहले आर्थिक अवस्था कमजोर भएकाले आफूले पढाईलाई निरन्तरता दिन नसकेको बताउनुभयो । पढ्न नसकेपछि आफ्नो कामबाट उहाँ निकै सन्तुष्ट हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक