2026-09-08 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा गुड्यो अटो रिक्सा, यात्रुलाई सहज

खकेन्द्र केसी/पुस १८, सल्यान । यात्रुहरुको समस्यालाई ध्यानमा राखी सल्यानमा अटो रिक्सा संचालनमा आएको छ ।

सुरु सुरुमा तराईको समथर भु-भागमा गुड्ने अटो रिक्सा पहाडी जिल्ला सल्यानमा पनि संचालनमा आएको हो । चुनावको समयमा प्रचार प्रसारमा प्रयोग गर्नको लागी तराईबाट पहाडी जिल्ला सल्यानमा माग भएपछि सल्यान बनगाढ नगरपालीका ११ रैखोरका लोक बहादुर विकले अटो रिक्सा सल्यान ल्याएका हुन । चुनावको समयमा अटोले राम्रै बजार लिएपछि उनले हिजो आइतबार देखि सल्यानमा नियमित संचालन गरेका छन् ।

यात्रुलाई सहज र शुर्लभ तरीकाले छिटो र छरीतो यात्रा गराउने पेट्रोलबाट चल्ने साधन अटो रिक्सा सल्यानको जुनसुकै पक्की तथा कच्ची सडकमा चल्ने रिक्सा चालक लोक बहादुर विकले बताए । गाडी कतिखेर आउछ भनेर कुर्नुपर्ने, कुर्दा पनि गाडि नआउदा हिड्नु पर्ने यात्रुलाई अटो रिक्साले सहज बनाएको छ ।

रिक्सा संचालक विकले भने “२ बर्ष अघिदेखि मैले नेपालगञ्जमा रिक्सा संचालन गरेको हु, सुरु सुरुमा दैनिक ५ हजार सम्म कमाइन्थ्यो तर पछि नेपालगञ्जमा धेरै रिक्सा भएपछि कमाई घट्दै गयो । अब त्यसको विकल्प सल्यानमा देखिएको छ ।’’ सल्यानको सबै भु-भागमा अटो रिक्सा गुड्न सक्ने भएकाले यात्रुलाई सहज हुनेगरी ३० देखि ४० ओटा सम्म अटो चल्न सक्ने रिक्सा चालक विकले बताए ।

अटो रिक्सा सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरबाट खलंगा-बालुवा संग्राही हुदै सल्लीबजार र सुखेत सम्म गुड्न सक्ने उनले बताए । त्यसैगरी श्रीनगरबाट राप्ती राजमार्ग अन्तरगत उत्तर तिर बागचौर हुदै बाङगेलाखुरी र दक्षिण तिर लुहाम हुदै कपुरकोट तर्फ गुड्न सक्ने क्षमता अटो रिक्सामा रहेको चालक विकले बताएका छन् । त्यस्तै जिल्लाको सहायक राजमार्गमा पनि अटो गुड्न सक्ने उनले बताएका छन् ।

अर्कोतर्फ आफ्नो ब्यवसायी सँगै यात्रुहरुलाई सेवा दिन खोज्दा बिचमा अवरोध पुर्याउन खोज्नेहरुले दुख दिएको समेत उनले दुखेसो गरेका छन् । सडकमा रिक्सा गुडाउदा ट्राफिक प्रहरीले जिक ज्याक गरेर आफ्नो मनबोल घटाउने, अन्य गाडी संचालकहरुले यात्रु राख्यो भन्दै अबरोध पुर्याउन खोज्ने गरेको उनले दुखेसो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ