2026-11-02 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्युठान: गाउँमा पहिलोपटक बस पुग्दा खुशीयाली

माघ १, प्युठान । विकासको दृष्टिकोणले दुर्गम मानिने प्युठानको गौमुखी गाउँपालिका -४ पुँजा डाडाकटेरीमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुशीयाली मनाए ।

सडक साघुँरो भएका कारण बस चल्न नसकेको डाडाकटेरीमा नियमित बस सञ्चालनमा ल्याउन थालिएको यातायात ब्यबसायीले बताएका छन् । 

बस पुग्दा गोब्दी, लिवाङ, रातामाटा, टिमुरचौर, दिहाल्ना, लैसरा र डाडाकटेरीका स्थानीयहरु बाजा बजाएर, बस सेवा सञ्चालनमा पुगेका अथितिलाई फूलमालाले स्वागत गर्दै खुशीयाली मनाएका हुन् ।

१३, १४ बर्षको उमेरमा नुन लिन वा भारतमा पैसा कमाउन जाने स्थानीय अग्रजहरु गाउँमा बस सेवा सञ्चालनमा आउँदा दंग भएको बताउँछन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शशिधर भण्डारीले लेखेका छन् ।

‘कृष्णनगर गएर बस देखेको हुँ’ झिमरुक गाउँपालिका ८ दिहाल्नाका ८१ बर्षीय टिका भट्टराईले भने, ‘आज आफ्नै गाउँमा बस देख्दा हर्षको सिमा छैन’ । कुनै दिन १४ दिन लगाएर कृष्णनगरबाट नुन लिइएको उनले स्मरण गरे । 

‘३९ बर्ष अगाडि भालुवाङ–प्यूठान सडक निर्माणको लागि पनि गइयो’ गिरीले भने ‘बल्ल गाउँमा बस आउन लेखेको रहेछ, अलि ढिलै भएपनि गाउँमै बस देख्न पाइयो ।’ बस गाउँमा आउँदा खुशी लागेको भन्दै सेवा सञ्चालनलाई निरन्तरता दिनु पर्ने र अन्धकारमा रहेको गाउँमा विद्युतीकरणको खाँचो भएको उनको भनाई छ ।

ढाँड गब्दी टिमुरचौर डाँडाकटेरी पुजा मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष गणेश गिरीका अनुसार सडक निर्माणमा करिव २७ लाख खर्च भएको छ । साविकको जिल्ला विकास समिति, निर्वाचन क्षेत्र विकास कोष, लिवाङ र पुजा गा.वि.स. को सहयोगमा सडक निर्माण गरिएको हो । 

प्यूठानको मुख्य ब्यापारिक केन्द्र बाग्दुला देखि करिव २५ किलोमिटरका दूरीमा रहेको डाँडा कटेरीमा बस सेवा सञ्चालनमा आएकोले दुर्गम मानिने क्षेत्रमा पनि सुगमताको महशुस भएको अध्यक्ष गिरीले बताए ।

बस सेवाको गब्दी र डाँडा कटेरीमा उद्घाटन गरिएको छ । प्रदेश सभा क्षेत्र नम्बर १ का सांसद कृष्णध्वज खड्का, झिमरुक गाउँपालिका अध्यक्ष तिलक जि.सी., गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरी, होटल ब्यबसायी समितिका अध्यक्ष चन्द्रलाल न्यौपाने, स्वर्गद्धारी यातायात ब्यबसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठ लगायत स्थानीय राजनीति कर्मी, समाजसेवीहरुलाई स्थानीयहरुले फूलमाला लगाएर खुसीयाली साटासाट गरे ।

यातायातलाई उत्पादनमा जोड्नुस

बससेवाको उद्घाटन गर्दै प्रदेश सभाका सांसद कृष्णध्वज खड्काले यातायात सेवालाई बजार गर्न जाने आउने भन्दा कृषि उत्पादनको बिक्री वितरण गर्ने माध्यमको रुपमा प्रयोग गर्न सुझाए । 

‘बर्षे आलु, कोदो , साग, टिमुर, चिराइतो लगायतका स्थानीय कृषिजन्य उत्पादनमा जोड दिनुस्’ खड्काले भने ‘बस सेवाले तपाईको उत्पादनलाई बजारीकरण गर्न मद्दत पुग्नेछ ’ । बस सेवालाई पर्यटकीय क्षेत्रको विकासमा पनि जोड्नु पर्ने उनको जोड छ ।

दिहाल्नाचौर प्यूठानको सबै भन्दा ठूलो खेल मैदान, स्नाकोट, तुसारा कोट लालिगुराँसको रगंशाला, पुजा तामाखानी, रमाईलो हिमालको दृष्य, रमणीय जंगलको प्रचार प्रचारमा स्थानीय सरकारले चासो दिर्नु पर्ने भन्दै आफूले पहल गर्न पर्ने ठाउँमा लागि पर्ने बताए । सधँै सरकारको मुख ताक्नु भन्दा पनि आर्थिक रुपमा सवल र सक्षम हुन स्थानीय उत्पादनलाई प्राथमिकता दिनै पर्ने खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द