Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 1, 2018 इलाम - ILM, समाज

चोरीका चार मोटरसाइकल इलामबाट बरामद

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १८ इलाम | इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी हवल्दार चारुचन्द ठाकुरको नेतृत्वमा गएको संयुक्त प्रहरी गस्ती टोलीले दुई वटा नम्बर प्लेटबिनाको (अनटेस्ट) मोटरसाइकल र अरु दुई मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।

को३०प ९०६५ को नीलो रङको पल्सर मोटरसाइकल र ना.१४८ प. ७९१० नं को रातो रङको आपाची बाइक बरामद गरिएको थियो ।

आपाची मोटरसाइकल प्रिमियम इन्सुरेन्स कम्पनी इलामको नाममा रहेको बुझिएको छ । प्रहरीले नियन्त्रणमा लिएको पल्सर मोटरसाइकल पत्ता लाग्न नसकेको इलामका ट्राफिक प्रहरी प्रमुख पदम राईले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीको जाँच चलिरहेको देखेपछि चोरहरुले बाटोमै मोटरसाइकल छोडेर भागेको बताइएको छ । चार वटा मोटरसाइकलमा चारजना रहे पनि उनीहरु फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस