२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चोरीका चार मोटरसाइकल इलामबाट बरामद

१८ माघ २०७४, बिहीबार ११:०८

माघ १८ इलाम | इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी हवल्दार चारुचन्द ठाकुरको नेतृत्वमा गएको संयुक्त प्रहरी गस्ती टोलीले दुई वटा नम्बर प्लेटबिनाको (अनटेस्ट) मोटरसाइकल र अरु दुई मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ । 

को३०प ९०६५ को नीलो रङको पल्सर मोटरसाइकल र ना.१४८ प. ७९१० नं को रातो रङको आपाची बाइक बरामद गरिएको थियो । 

आपाची मोटरसाइकल प्रिमियम इन्सुरेन्स कम्पनी इलामको नाममा रहेको बुझिएको छ । प्रहरीले नियन्त्रणमा लिएको पल्सर मोटरसाइकल पत्ता लाग्न नसकेको इलामका ट्राफिक प्रहरी प्रमुख पदम राईले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीको जाँच चलिरहेको देखेपछि चोरहरुले बाटोमै मोटरसाइकल छोडेर भागेको बताइएको छ । चार वटा मोटरसाइकलमा चारजना रहे पनि उनीहरु फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ