२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

धानखोलावासीको समस्या: मोवाईल छ, तर टावर नै आउदैन

४ फाल्गुन २०७४, शुक्रबार ०७:३३

माधव बेल्वासे/फागुन ४, कपिलवस्तु । अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । 

कतिपय घरहरुमा त सवै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रयाः सवै घरमा मोवाइल छ तर त्यहा टावरले काम गर्दैन ।स्थानियहरु संचारको पहुचवाट धेरै टाठा रहेको देखीन्छ । 

गाई भैसी पाल्ने सामान्य पसल होटलहरु संचालन यस गाउका स्थानियहरुले गरेका छन । कपिलवस्तुकोशिवराज नगरपालिका वाड न १ र ९ यहि वस्तीमा पर्ने गर्दछ । त्यहा वुद्धीजिवीहरुले संचारको माध्यम हुनुपर्छ भन्ने माग राखेपनि कसैले वास्ता गरेको छैन ।त्यो ठाउमा विकाश हुन्छकी भनेर अझै पनि वसाइसरी आउने गर्दछन । 


कपिलवस्तुको चन्द्रौटावाट करिव १५ किलोमीटर रहेको ठाउका स्यानियहरु मोवाईलमा टावर नआउदा समस्या भोगिरहेका छन । यस गाउका स्थानियहरु सामाजिक संजाल तथा ईन्टरनेटको पहुचवाट टाढा रहेका छन ।

समस्या लाई विभिन्न निकाय सम्म पनि स्थानियहरु नपुराएका होइनन तर बेवास्ता गर्दा यस्तो समस्या वाट ग्रसीत रहेका छन ।फोन गर्नको लागी १० किलोमिटर जानुपर्ने समस्या रहेको स्थानिय दिनेश पुनले वताए ।

पुनले भने “यस गाउको मुख्य समस्या नै टावरको हो यसमा कसैको ध्यान जान सकेको छैन मैले धेरै ठाउमा गएर यो समस्या सुनाए तर अहिले सम्म समाधान भएको छैन” ।

गाउमा करिव ८० घरधुरी रहेका छन ।अधिंकाशं घरहरुमा मोवाईल रहेका छन मोवाईल लाई गित सुन्नको लागी मात्र प्रयोग गर्ने गरेको स्यानिय राजकुमार रानाले वताए ।घास दाउरा जादा गित सुन्नु वाहेक केहि काम छैन मोवाईको रानाले थपे । 

कसैलाई फोन गर्न परे माथि डाडा तिर या भालुवाङ,चन्द्रौटा पुग्नुपर्ने समस्या रहेको रानाले गुनासो पोखे ।उता भरखरै चुनावमा जिताएर पठाएका नेताहरु पनि यस ठाउमा संचारको पहुच हुनुपर्छ भन्ने कुरा विभिन्न कार्यक्रममा राख्दै आएका छन । 

धानखोलामा संचारको पहुच पुर्याउनु पर्छ त्यसको पहल र विभिन्न वैठकमा कुरा उठाएको शिवराज नगरपालिका वडा न ९ का वडा अध्यक्ष जिवन खड्काले वताए । कपिलवस्तुको एतिहासी ठाउ समेत रहेको धाखोलामा मोवाइल तथा संचारको पहुच नहुनु दुखद कुरा रहेकोले त्यसको लागी जस्तो सुकै कादम चाल्नुपरे पनि तयार रहेको खड्काले जनाए ।

त्यस्तै शिवराज नगरपालिकाका प्रमुख लगाएतको टिमसग यो विषयम विशेष छलफल समेत भएको अध्यक्ष खड्काले दावी गरे । त्यस्तै शिवराज नगरपालिकाले पनि नगरभित्रका सवै टोल टोलमा संचारको पहुच पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । 

नगरका प्रमुख नेत्रराज अधिकारीले धानखोलाको विषयमा महत्वुर्ण समस्या रहेकोले यसलाई नगरपालिकाले नेपाल टेलीकम एनसिएल लगाएत सग समन्वयन गरी समस्या समाधान गर्ने वताए । कपिलवस्तु सगै छिमेकी जिल्ला दाङ अर्घाखाचीले पनि यस विषयलाई गम्भीर रुपमा ल्याई समाधान गर्नुपर्ने देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो