2026-10-06 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

फागुन ४, इलाम | अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनाले परिचयपत्र पाएका छन् । 

करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबोटे, चिसापानीलगायत विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाएका हुन् । 

शिविरमा ३८ जनालाई रातो, १०० जनालाई निलो, १४९ जनालाई पहेँलो र ६७ जनालाई सेतो परिचयपत्र वितरण गरिएको करूणा फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

रातो र निलो परिचयपत्र पाउनेले राज्यबाट क्रमशः मासिक रु दुई हजार र रु ६०० सामाजिक सुरक्षा भत्ता पाउँछन् । 

शिविरमा उनीहरुलाई स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । 

अपाङ्गता भएका कारण परिचयपत्र बनाउन नसकेका लागि करूणा फाउण्डेशनले उनीहरुको घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराउने कार्यमा सहयोग गरेको फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै