Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 18, 2018 इलाम - ILM, समाज

इलाममा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ६, इलाम | इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ ।

जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराउनुभयो ।

हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियानमा सबै पक्षलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

औषधि सेवनका लागि एक हजार ९४४ वटा केन्द्रमा त्यत्तिकै संख्यामा स्वयंसेवक र ३६१ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिनुभयो ।

सन् २०१८ बाट नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य रहेअनुरूप वि.सं. २०६८ देखि यो रोगविरूद्धको औषधि खुवाउँदै आएको छ । जसअनुरूप इलाममा पहिलो वर्ष आव २०६८÷६९ मा ६६ दशमलव ४ प्रतिशत, ०६९÷७० मा ७० दशमलव २, २०७०÷७१ मा ८० दशमलव ०२, ०७१÷०७२ मा ८५ दशमलव ११, ०७२÷७३ मा ९० र २०७३÷७४ मा ९२ प्रतिशत प्रगति भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका दानाबारी, चुलाचुली, बाँझो, साकफारा, जिर्मले, इरौंटार र महमाईलगायतका गाउँ यस रोगको उच्च जोखिममा रहेकोसमेत कार्यालयले जनाएको छ । रासस