२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

समृद्विको पहलमा क्रियाशील बन्दै स्थानीय तह

१३ फाल्गुन २०७४, आईतवार ०९:१३

वासुदेव पौडेल / फागुन १३, पोखरा | स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् । 

अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय तहका लागि विभिन्न अधिकारको व्यवस्था गरिए पनि त्यसको उपयोग सम्बन्धमा आवश्यक कानून बनिनसकेका कारण समस्या भइरहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो । 

प्रकृतिका मनोरम दृश्यले सजिएको अन्नपूर्ण गाउँपालिकालाई समृद्धिको मार्गमा अघि बढाउन विभिन्न कार्यक्रमका साथ अघि बढिएको उहाँले बताउनुभयो ।“गाउँपालिकाको विकासका लागि प्राथमिकताका आधारमा पर्यटन, कृषि, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा केन्द्रित बन्दै गाउँपालिका अघि बढेको छ,” उहाँले भन्नुभयो । 

सो क्षेत्रको पर्यटनको विकासका लागि चालु आवमा गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ । विश्वकै उत्कृष्ट पदमार्गअन्तर्गतको अन्नपूर्ण सेरोफेरो यही गाउँपालिकामा पछृ । सो क्षेत्रमा नयाँ पदमार्गको खोजीका साथै भएका पदमार्गको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । 

यहाँस्थित नयाँ पुलदेखि वीरेठाँटी– तीखेढुंगा– घोरेपानी– मुक्तिमार्ग यहाँको महत्वपूर्ण पदमार्ग हो । त्यस्तै नयाँ पुल– वीरेठाँटी, घान्द्रुक, नयाँ पुल – वीरेठाँटी, तिखेढुंगा– उल्लेरी– घोरेपानी, नयाँपुलदेखि घान्द्रुक– छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविरसम्मको पदमार्ग, घान्द्रुक– घोरेपानी– सिवै– झिनु –छोम्रोङ– लान्द्रुक– झिनु– छोम्रोङ– टाढापानी, घुर्जुङदेखि आधार शिविर, लुम्ले– पोथना– ठूलाखर्क हुँदै मर्दी हिमालसम्मको पदमार्गमा वर्षेनी ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक पुग्ने गरेका छन् । यहाँका घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, बिरेठाँटी, नयाँपुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथनाजस्ता गाउँले पर्यटकलाई लोभ्याउने गरेका छन् । 

गाउँपालिकामा पर्ने अन्नपूर्ण पहिलो, अन्नपूर्ण दक्षिण, हिउँचुली, बराहचुली, सिन्गुचुलीजस्ता हिमाल यहाँका पर्यटकीय आकर्षण हुन् । अध्यक्ष कुँवरका अनुसार गाउँपालिकाले यस क्षेत्रको कृषिको विकासका लागि रु ५० लाख विनियोजन गरेको छ । कृषिको सम्भावनालाई पहिल्याउने सोचका साथ गाउँपालिकाका ११ वटै वडामा माटो परीक्षण गरिएको उहाँले बताउनुभयो । माटो परीक्षणबाट कुन ठाउँमा के हुन्छ भन्ने यकिन गरी कृषिको व्यावसायिक विकास गरिने बताइएको छ । 

अन्नपूर्ण गाउँपालिका राम्रो टुसा उत्पादन हुने ठाउँ हो । यहाँका जंगलमा पाँचऔंँले, सतुवा, वन लसुनजस्ता जडीबुटीका साथै दुर्लभ डाँफे, मुनाल, घोरलजस्ता जीवजन्तु पनि पाइन्छ । पर्यावरणीय संरक्षणका लागि गाउँपालिकाले एउटा रुख काट्दा पाँच बिरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ । 

बाटोघाटोको विकासका लागि सिँढीबाटो मोटरबाटो निर्माणका लागि रु दुई करोड विनियोजन गरी काम अघि बढाइएको कुँवरले जानकारी दिनुभयो । पोखरादेखि नाउडाँडा, सल्यान, लुम्ले, ताञ्चोक, लान्दु्रक, लुम्ले, चन्द्रकोट, भिच्चुक, लान्द्रुक, नयाँपुल – वीरेठाँटी, घान्दु्रक र नयाँ पुल, वीरेठाँटी, तीखेढुंगा, उल्लेरी यहाँका महत्वपूर्ण सडक हुन् । 

गाउँपालिकाको समग्र विकास गर्न चालु आवमा विनियोजित रु २७ करोडलाई यहाँका आवश्यकतानुसार प्राथमिकता निर्धारण गरी विभिन्न शीर्षकमा छुट्याइएको गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताउनुभयो । 

स्थानीय तह सञ्चालनमा आए पनि आवश्यक कानून बन्न नसक्दा व्यावहारिक रुपमा भने कठिनाइ भएको उहाँको भनाइ छ । “प्रत्येक स्थानीय तहको विकासका लागि सर्वप्रथम त कानून निर्माण गरिनुपर्छ,” गाउँपालिका न्यायिक समितिका संयोजक गुरुङले भन्नुभयो, “न्यायिक समस्याको समाधानका साथै कानूनको प्रभावकारी कार्यान्वयन गराउन सबै स्थानीय तहमा न्यूनतम एक कानूनविज्ञको व्यवस्था गरिनु आवश्यक छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड