टेकबहादुर शाही/फागुन १४, डोल्पा । डोल्पा जिल्लाका कृषकलाइ न्यू हेण्टपसाया अष्टोलप जातका कुखुरा ४० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।

कृषी तथा खाद्य सुरक्षा आयोजना अन्तरगत (एफएसपि)कार्यक्रम मार्फत जिल्ला पशुसेवा कार्यालय मार्फत जिल्लाका १० वटा कृषकलाइ प्रदान गरिएको जिल्ला पशुसेवा कार्यालय डोल्पाले जानकारि दिएको छ ।

जिल्लाको ठुलीभेरि नगरपालिकाको माझफालका २ महिला कृषक समूह,जुफालका ३ महिला समुह र त्रिपूरा सुन्दरी नगरपालिका त्रिपूराकोटमा १,ल्हाँमा २ र सूंमा २ समुह गरि जम्मा १० वटा महिला कृषक समुहलाइ प्रति समूख १ सय ५० कुखुराका चल्ला बितरण गरिएको कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तरगत पशु सेवाका जिल्ला सँयोजक डिटियो डक्टर नवराज अधिकारीले जानकारि दिए ।

हरेक बालवालिकाको पौष्टिक आहारामा महिलाहरुले नै पहिले सोच्ने र ध्यान राख्ने भएकोले कुखुरा पालनबाट महिलाहरुले आम्दानीको स्रोत बनाउनका साथै वालवालिको पौष्टिक आहारा उत्पादनमा सहयोग पुग्ने भएकोले पनि कुखुरा पालन महिला कृषकका लागि प्रभाबकारी हुने जिल्ला पशु सेवाका कार्यालयको दावी रहेको छ ।

कृषकलाइ आम्दानीको स्रोत बनाउनका साथै पौष्टिक आहारा उत्पादनको लागि सहयोग मिलोस भन्ने उद्धेश्यले ४० प्रतिशत अनुदानमा कृषकलाइ अनुदानमा अष्टोलप जातको कुखुरा प्रदान गरिएको बरिष्ठ पशुचिकित्सक चन्द्रलाल धरालाले जानकारि दिए । उनका अनुसार नेपालगञ्जको कुखुरा फर्मबाट खोप लागएर स्वास्थ्य परिक्षण गरेर जिल्लामा कृषकलाइ प्रदान गरिएको बताए ।

समुहमा रहेका प्रत्यक घरधुरिले ६ देखि ८ वटा सम्म कुखुराको चल्ला पाउने र त्यसबाट राम्रै आम्दानी हुने वेलकम महिला कुखुरा पालन कृषक समसहकी अध्यक्ष लक्ष्मी शाहीले जानकारि दिइन । उनले भनिन कुखुराको पालनमा दानाको समस्या आउने गर्दछ चिसोमा अलि धेरै नै मेहेनत गर्नु पर्दछ । उनले भिनन ६० प्रतिशत समुहले दिन्छ ४० प्रतिशत र नेपालगञ्ज देखि डोल्पामा सम्मको ढुवानी कार्यालयले ब्यहोर्ने गरेको छ ।

समुहले समूहका सबै घरधुरिमा बितरण गरेका कुखुराको चल्लाबाट आम्दानी राम्रै हुने तर सरकारले कम्तीमा ९० प्रतिशत अनुदानमा दिए अझै कृषकलाइ सहज हुने बाबिरो कुखुरा पालन समसहकी अध्यक्ष मनकला डागीले बताइन । उनका अनुसार कुखुरा पालन गरेर ५ हजार सम्मका कुखुराका भाले बिक्री गरेको अनुभब सुनुनाइन । उनी भन्छीन कृषकलाइ कुखुरा पालनको तालिम र आवास्यक औषधिको आवास्यक्ता गर्दछ जिल्लामा कुनै एग्रोभेट छैन ।

जिल्लाका तिनवटै कार्यालयको उद्धेश्य भनेको महिलाहरुलाइ आत्मनिर्भर बनाउने र सहज रुपमा पौष्टिक आहाराको उत्पादन तथा बितरण गर्नु भन्ने रहेको जिल्ला स्वास्थ्य प्रमुख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिए ।

उनका अनुसार फलफुल तथा अन्य मासुजन्य कुराहरु सहजै नापाउने भएकोले पनि कुखुरा पालन प्रभाबकारि हुने बताए । कृषि तथा खाद्य सुरक्षा आयोजना जिल्ला पशुसेवा कार्यालयको संयोजकत्वमा जिल्ला स्वास्थ्य र जिल्ला कृषि बिकास कार्यालय मार्फत सञ्चालीत रहेको छ ।