2026-09-08 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटको खानेपानी समस्या समाधानका लागी स्थानीयसँग छलफल

फागुन २९, सल्यान । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ ।

बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको ‘डिटेल सर्वे’ सम्पन्न भइसकेको छ | गाउँपालिकाले आज मंगलबार बजार बासिन्दासंग छलफल गरेको छ ।

कपुरकोट बजारमा कसरि खानेपानीको सहज व्यवस्था गर्न सकिन्छ र योजना कसरि अगाडी बढाउने भनेर गाउँपालिकाले स्थानीयवासि तथा सरोकारवालाहरुसंग छलफल गरेको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।

 मंगलबारको छलफलमा निजी धारा घरमा ल्याएका घरधनीहरुसंग चैत्र १ गते फेरि अन्तरक्रिया गरेर अगाडी बढ्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले जानकारि दिएका छन् ।

गाउँपालिकाले कपुरकोट क्षेत्रका ३ स्थानमा रहेका मुहानबाट पानी संकलन गरेर प्रत्येक बजार क्षेत्रका घरमा धारा पुर्याउने लक्ष्य राखेको छ । गाउँपालिकाका इन्जीनियरहरुले गरेको सर्वे अनुसार ३ वटा मुहानबाट ८० हजार लिटर पानी संकलन गर्न सकिन्छ । जसमा ६० हजार लिटर क्षमताको एउटा र २० हजार लिटर क्षमताको अर्काे रिजर्व टंकि निर्माण गरिने सव इन्जीनियर प्रेम विकले जानकारि दिए ।

कपुरकोट खानेपानी योजनाका लागी गाउँपालिकाले यस आर्थीक वर्षमा ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कपुरकोट क्षेत्रमा ११९ वटा धारा जडान गर्ने लक्ष्य रहेको छ । वर्षौदेखि कपुरकोटमा गर्मियाम शुरु हुने वित्तिकै खानेपानीको चरम अभाव हुने गरेको छ । तर कतिपयले व्यक्तिगत रुपमा एकलौटी पानी प्रयोग गर्दै आएका छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ