त्रिवेणि १ काभ्राको रामबजारमा आयोजित सार्व"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

त्रिवेणि १ काभ्राको रामबजारमा आयोजित सार्व"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा रकम भुक्तानिका लागी दाङ जानुपर्ने बाध्यता रहेको गुनासो

२०७४, १ चैत्र बिहीबार ०६:३८

सल्यान, १ चैत्र। सल्यान त्रिवेणिमा विभिन्न योजनाको रकम भुक्तानिका लागी दाङ जानुपर्ने बाध्यता रहेको गुनासो आएको छ ।


त्रिवेणि १ काभ्राको रामबजारमा आयोजित सार्वजनीक सुनुवाइ कार्यक्रमका सहभागीहरुले त्रिवेणि गाउँपालिकावासिले सञ्चालन गरिएका योजनाहरुमा बजेट पर्याप्त नभएको गुनासो देखि शिक्षकहरुको तलव मासिक रुपमा भुक्तानि हुनुपर्ने माग राखेका हुन् ।

कार्यक्रममा त्रिवेणि २ का गंगाराम पुनले योजनाको रकम लिन तुलसिपुर जानुपरेको बाध्यता सुनाए । जवाफमा गाउँपालिका अध्यक्ष मान बहादुर डागीले आफुले लुहाम स्थीत राष्ट्रिय बाणिज्य बैंकमा नै खाता सञ्चालन र रकम भुक्तानिका लागी प्रक्रिया अगाडी बढाएको भएपनि इन्टरनेट अभावमा बैंकले समयमा सेवा दिन नसक्दा उपभोक्ता समितीलाइ दाङ या खलंगा जानुपर्ने बाध्यता रहेकेो बताए । तर अव इनटरनेटको विस्तार तत्काल हुन लागेकोले यो समस्या हट्ने बताए ।

त्रिवेणिको वडा नम्बर १, २ र ३ लाइ लक्षित गरेर आयोजना गरिएको सार्वजनीक सुनुवाइ कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफ्नो कामको मुल्यांकन हुनुपर्ने माग राखेका थिए । यस्तै गाउँपालिकाले हरेक बजेट, तथा नियम बनाउँदा सबैको सल्लाह लिनुपर्ने, एकलौटि ढंगले निर्माण उपभोक्ता समिती गठन हुन नहुने र विकास निर्माणका कामको प्रभावकारि अनुगमन हुनुपर्ने जस्ता सुझाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष डागी संगै उपाध्यक्ष तथा न्यायीक समितीका संयोजक करुणा खड्का, प्रमुख प्रशासकिय अधिकृत रेमन्त डागी, वडा नम्बर १ का अध्यक्ष छविलाल खत्री, २ का अध्यक्ष मेघराज रोका, ३ का अध्यक्ष हुकुम प्रसाद महतारा, योजना शाखाका प्रमुख गोपाल केसी र विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले सहभागीले उठाएका जिज्ञासाका जवाफ दिदै गुनासो सम्बोधन गर्ने प्रयास गरेका थिए ।

पत्रकार शंकर केसीले सहजीकरण गरेको सार्वजनीक सुनुवाइमा गाउपालिकाको तर्फबाट प्रगति विवरण पेश गर्दै प्रमुख प्रशासकिय अधिकृत डागीले हाल सम्म सशर्त अनुदान तर्फ ७७ प्रतिशत योजनाहरु सम्पन्न भएको बताएका थिए । यस्तै निशर्त तर्फ ३७ प्रतिशत भन्दा बढि योजनाहरु सम्पन्न भइसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै