८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पुनःस्थापनाको प्रयास हुदैँ आएपनि घटेन सडक बालबालिका

२ चैत्र २०७४, शुक्रबार ०७:२३

सुरेन्द्र भण्डारी/चैत्र २, झापा | झापाका मुख्य बजारका सडकमा गाँस, बास र कपासको खोजीमा भाँैतारिने ५०–६० जना जति बालबालिका छन् । विभिन्न उमेर समूहका भए पनि उनीहरुको मुख्य काम मागेर खानु हो । माग्दा नपाइए चोरी गर्नु उनीहरुका लागि कुनै नौलो कुरा होइन । उनीहरु के खान्छन् ? कसरी खान्छन् ? के लगाउँछन् ? के ओढ्छन् ? कहाँ सुत्छन् ? अनि कहाँबाट आए यत्तिका धेरै बालबालिका ? त्यसको कसैलाई चासो छैन । 

सडक बालबालिकाका रुपमा चिनिएका उनीहरुलाई समाजका लब्धप्रतिष्ठित व्यक्तिले नै ‘खाते’ उपनामले बोलाउँछन् । आठ वर्षदेखि १५ वर्ष उमेर समूहका एकै जसो देखिने यी बालबालिका बजार क्षेत्रमा यत्र–तत्र भेटिँदा पनि सम्बन्धित निकाय वा स्थानीय सरकार भने अझै बेखबर छ । 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले सडक बालबालिका व्यवस्थापन गर्न ‘सडक बालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२’ जारी गरेको छ । तर, जारी मार्गदर्शन कागजमै सीमित हुँदा १६ वर्षमुनिका बालबालिका बाँच्ने झिनो आशा बोकेर सडकमा दिनहुँ भौंतारिरहेका छन् । 

अन्तर्राष्ट्रिय कानूनअनुसार १८ वर्षभन्दा मुनिकालाई र नेपालको कानूनले १६ वर्ष भन्दा मुनिका किशोरकिशोरीलाई बालबालिका भन्ने गरिएको छ । विसं २०६८ को जनगणना अनुसार १६ वर्षभन्दा मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको झण्डै ४० प्रतिशत छ । अठार वर्ष मुनिका भने ४४ प्रतिशतभन्दा बढी छन् । तीमध्ये विद्यालय उमेर समूहका झण्डै ६ प्रतिशत बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन् भने पाँच हजार बालबालिका सडकमा जीवन बिताइरहेका छन् । सडक बालबालिकाको सख्या भने प्रत्येक वर्ष चार सयका दरले वृद्धि हुँदै आएको सरकारी तथ्याँक छ । 

बाल अधिकारको संरक्षणको प्रमुख जिम्मेवारी घर परिवारको हुन्छ । परिवारले उनीहरुको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको अवस्थामा राज्यको प्रमुख जिम्मेवारी रहन्छ । तर, राज्यले सडकमा यत्रतत्र हिँड्ने बालबालिकाको संरक्षण नगर्दा उनीहरु सडकमै रात बिताउन बाध्य छन् । 

कति बालबालिका चोरी, लुटपाट, लागुऔषध दुव्यर्सनमा संलग्न छन् भने कतिपय बालबालिका विभिन्न असामाजिक क्रियाकलापमा लागेको पाइएको छ । बालबालिकाका क्षेत्रमा विभिन्न संघ–संस्था र राज्यले लाखौं रुपैयाँ वर्षेनी खर्चिने गरेको छ तर सडक बालबालिकाको जीवनमा देखिने गरी कुनै परिवर्तन आएको छैन । 

दमक र भद्रपुर तथ्याँक संकलन हुँदैै 

चोरी, लुटपाट र लागूऔषध दुव्यर्सनमा सडक बालबालिका संलग्न रहेको पाइएपछि दमक र भद्रपुर नगरपालिकाले उनीहरुको तथ्याँक संकलन गर्न शुरु गरेको छ । बजार र सडकपेटीमा रहेका बालबालिकाहरुको अवस्था दयनीय रहेको भन्दै दमक नगरपालिकासँगको सहकार्यमा लागुऔषध पुनःस्थापना संघको अगुवाइमा अहिले त्यस्ता बालबालिकाको संरक्षण र तथ्याँक संकलन शुरु गरिएको हो । नगरपालिकाले उनीहरुको संरक्षणका लागि बजेट नछुट्याए पनि विभिन्न शीर्षकबाट उनीहरुको भरणपोषण र संरक्षण गर्ने अठोट दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीले व्यक्त गर्नुभयो । उहाँका अनुसार दमक नगरपालिकामा मात्रै १८ देखि २० को संख्यामा अभिभावकविहीन सडक बालबालिका रहेका छन् र अभिभावक भएपनि कुलतमा फसेका बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दो छ । 

यता, भद्रपुर नगरलालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ सडक बालबालिकाको तथ्याँक संकलन गरिरहेको र उनीहरुका लागि ठोस कार्यक्रम नभए पनि संरक्षणका लागि योजना बनाएर अघि बढ्ने बताउनुहुन्छ । 

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो नगरमा अहिलेसम्म सडक बालबालिका नभएको बताउनुभयो । समस्या देखिएको खण्डमा तत्काल उनीहरुको संरक्षण र पुनःस्थापना गर्ने उहाँको भनाइ छ । आफ्नो नगरलाई लागुऔषध प्रयोगकर्ताविहीन बनाउन ‘भिजन’ सहित अघि बढ्ने उहाँले बताउनुभयो । 

यसरी फस्छन् कुलतमा बालबालिका 

दमक निवासी चक्रबहादुर दर्जीले श्रीमती गंगा नाबालक दुई छोरा छोडेर अर्कैसँग हिँडेपछि छोराको लालनपालन र रेखदेख गर्न कान्छी श्रीमती भित्र्याए । कान्छी श्रीमती भित्र्याएको केही दिनमै चक्रबहादुरको घरमा आगो लगाएर उनी पनि हिँडिन् । कान्छी श्रीमती हिँडेको हप्तादिन बित्न नपाउँदै चक्रबहादरको मृत्यु भएपछि उहाँका दुई छोरा सहाराविहीन बने । विजय चक्रबहादुरका कान्छा छोरा हुन् । दाजुको अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएपछि विजयको संरक्षक कोही भएन । त्यसपछि उनी सडकमा रात बिताउन बाध्य भए । अभिभावकविहीन बन्न पुगेका विजय साथीको लहैलहैमा लागेर लागुऔषध सेवन गर्न थाले । उनले दमकको सडकमा सात वर्ष बिताए । उनी अहिले १५ वर्षका भए । सात वर्ष सडकमा बिताउँदा उनले भोक मेटाउन कहिले मागे त कहिले चोरी गरे । चोरी गर्दा धेरैपटक कुटाइ खाएको तीतो अनुभव छ उनीसँग । उनी अहिले सडकबाट सुधार गृह पुगेका छन् । 

उनी मात्र होइन दमककै १५ वर्षीय सरोज श्रेष्ठ पनि हाल सुधार गृहमा छन् । उनका अभिभावक भएपनि कमजोर आर्थिक अवस्थाका कारण सिङ्गो परिवार मागेर हिँड्ने गरेको उनले बताए । उनले पनि दमकलगायत पूर्वका विभिन्न बजार र सडकमा रात बिताएका छन् । उनले सडकमा रात बिताउँदा डेन्ड्राइट लगायतका नशालु पदार्थ सेवन गर्न सिके । लागुऔषध प्रयोग गर्नकै लागि कहिले पकेट मारे त कहिले चोरी गरे । माग्दा नपाएपछि धेरैपटक चोरी गरेको सुनाउँदै उनले भने – “कति पटक त टेलिफोन, केवल र बिजुलीको तार काटेर बिक्री गरेका छौं । चोरी गर्नुभन्दा तार काटेर बिक्री गर्न सजिलो हुन थालेपछि नियमित जसो तार चोरी गथ्र्यौं । दमकका धेरै पसललाई हामीले चोरी गरेको तार बेचेर लागुपदार्थ खायौं ।” 

कुलतमा फसेकाको निःशुल्क उपचार 

सरोकारवाला निकायले कुलतमा फसेका सडक बालबालिकाको हेरचाह नगरेपछि नेपाल आगुऔषध पुनःस्थापना संघले उनीहरुको निःशुल्क उपचार र पुनःस्थापना शुरु गरेको छ । 

कुलतमा फसेका सडक बालबालिकाको संख्या झापामा दिनानुदिन बढेका कारण उनीहरुलाई सही बाटोमा ल्याउन संघले निःशुल्क उपचार र पुनःस्थापना गर्न शुरु गरेको संघका केन्द्रीय अध्यक्ष राजु गिरीले बताउनुभयो । उहाँले भन्नुभयो – “सडक बालबालिकाको अवस्था दयनीय रहेको छ र कसैले नहेरिदिएकाले उनीहरुलाई उपचार गर्दै नयाँ जीवन दिलाउन हामीले अभियान शुरु गरेका हौंैं ।” 

अभियानअन्तर्गत दमकबाट पाँचजना सडक बालबालिकालाई संघले उद्धार गरी संरक्षण दिँदै आएको छ । संरक्षण गरिएका पाँच बालकमध्ये तीन जनालाई दमकमा रहेको ह्याप्पी नेपालको संरक्षणमा राखिएको छ भने दुई जना बिर्तामोडस्थित पुनर्जन्म समूह नेपालमा राखिएको छ । उनीहरुलाई निःशुल्क उपचार र पुनःस्थापन नहुञ्जेल संस्थामा राखिने र स्थानीय निकायले सहयोग गरे लागुऔषध सेवनको लतमा फसेका सबै सडक बालबालिकाको उद्धार गर्ने संघको लक्ष्य रहेको अध्यक्ष गिरीले बताउनुभयो । उनीहरुको उद्धारका लागि दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले सहयोग पु¥याएका छन् । सडक बालबालिकाको उपचार र पुनःस्थापनापछि दमक नगरपालिका, लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टको रोहवरमा समाजमा पुनःस्थापना गरिने गिरीको भनाइ छ । 

यता, ह्याप्पी नेपालका कार्यक्रम संयोजक तथा नेपाल लागुऔषध पुनःस्थापना संघका सचिव कुमार गुरुङले सडक बालबालिकाको निःशुल्क उपचार र पुनःस्थापनाका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभएको छ । केही सडक बालबालिकाको उद्धारले मात्र समस्याको दीर्घकालीन समाधान नहुने भएकाले सहयोगका लागि उहाँले सबै पक्षसँग आग्रह गर्नुभएको छ । 

झापामा लागऔषध नियन्त्रण गर्ने अभियानमा १३ वटा संघ–संस्था क्रियाशील रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना