२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण हुँदै

११ चैत्र २०७४, आईतवार ११:४१

चैत ११, सुर्खेत | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो ।

आज यहाँ आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले चिकित्साशास्त्रका अब्बल व्यक्तित्वको जमघटबाट उत्कृष्ट पाठ्यक्रम निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । 

मुलुकका लागि बेरोजगारी बढाउने नभई गरिखाने शिक्षा आवश्यक रहेकामा मन्त्री रावलले जोड दिनुभयो । “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई यो प्रदेशको छाता स्वास्थ्य संस्थाका रुपमा विकास गरी राजधानी सुर्खेतमा शिक्षण अस्पताल निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

तीन सय शय्याको अस्पताल प्रतिष्ठान जुम्लामा बनिसकेकाले सुर्खेतमा हाललाई ४०० शय्याको अस्पताल निर्माणमा जोड दिएर राजधानीबाट सेवा लिने जनताको आवश्यकता परिपूर्ति गर्ने वचन उहाँले दिनुभयो । प्रतिष्ठानको दिगोपनाका लागि भूगोल, जनता र राजनीतिक अपनत्व आवश्यक रहेको उहाँको तर्क थियो । 

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका सुपरिटेन्डेन्ट डा डम्बर खड्काले क्षेत्रीय अस्पताल शुरु भएको १२ वर्षसम्म ५० शय्यामै खुम्चिएको गुनासो गर्नुभयो । 

क्षेत्रीय अस्पतालका लागि अहिले प्रतिष्ठान जुम्लाका डाक्टरको सहयोग प्राप्त भइरहेको जनाउँदै डा खड्काले अब डाक्टरहरु गरीबको घरदैलोमा पुगेर सेवा दिलाउन दायित्व बोध गराउने नीतिको आवश्यक छ भन्नुभयो । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रो डा भरत यादवले कर्णाली प्रदेशको स्वास्थ्य आवश्यकतालाई सम्बोधन हुनेखालको पाठ्यक्रम तयार गर्नुपर्ने सुझाव दिनुभयो । एमडी जनरल प्राक्टिक्स पाठ्ययक्रमको महत्व र इतिहासबारे जानकारी गराउँदै उहाँले विकटमा बसेर काम गर्ने डाक्टरहरुको कामको सराहना गर्नुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन मोदनाथ मरहठ्ठाले एमडी जनरल प्राक्टिसलाई विशेष महत्व दिएर पाठ्यक्रम तयार गर्ने लक्ष्यका साथ नेपालभरिका विज्ञ चिकित्सबीच कार्यशाला गोष्ठी गरिएको बताउनुभयो । डा मरहठ्ठाले भन्नुभयो, “विसं २०७५ को वैशाखदेखि मिडवाइफ्री तह सञ्चालन गर्दैछौँ र बिपिएच तह पाइपलाइनमा रहेको छ ।” 

पाठ्यक्रम विकास समितिका संयोजक डा अरुण पौडेल, सदस्य सचिव डा सञ्जीव तिवारी, नेम्सका प्रो डा न्हुछेमान डंगोल, प्रतिष्ठान जुम्लाका प्रो डा धर्मराज श्रेष्ठसहित डाक्टरको टोलीबाट पाठ्यक्रम निर्माण भइरहेको छ । कार्यशाला गोष्ठीमा पाटन, नेम्स, बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ डाक्टरको सहभागिता छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य