२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

२०७४, १४ चैत्र बुधबार ११:४४

मीना घोरसाइने/चैत १४, काठमाडौँ | आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । 

अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हँुदा प्रहरीलाई समस्या भएको हो । 

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका मुद्दा शाखाका प्रमुख एंव प्रहरी निरीक्षक मोहनकुमार थापाले बताउनुभयो । 

“अनलाइन ठगीमा विदेशी नम्बरको प्रयोग बढी भएको पाइएको छ,” उहाँले भन्नुभयो । ठगी गर्न गिरोहले विभिन्न प्रविधिमार्फत विभिन्न व्यक्तिलाई तपाईंलाई यति रकम चिठ्ठा परेको छ । रकमको यति प्रतिशत कर तपाईंले यो खातामा हालिदिनुस्, तपाईंको खातामा रकम पठाइदिन्छौं भन्ने सूचना मोबाइलमा पठाउने गरेको छ । 

रकम पाउने लालसाकै कारण मानिस सजिलै लोभमा परी सूचनामा उल्लेख भएअनुरुप खातामा रकम हालिदिने गर्छन् । तर पछि आफू ठगीमा परेको थाहा पाएपछि त्यस्ता व्यक्तिले प्रहरीसमक्ष उजुरी गर्ने गरेका छन् । 

पीडितलाई पठाएको सूचनामा भएको मोबाइल नम्बरका आधारमा प्रहरीले खोजी प्रक्रिया शुरु गर्छ । विशेष गरेर ठगीमा धनी व्यक्ति नै संलग्न हुने गरेको तथ्यांक प्रहरी परिसरमा छ । 

परिसरको तथ्यांकअनुसार अनलाइन ठगी १० प्रतिशत, साधारण तथा वैदेशिक ठगी २० प्रतिशत र बैंकिङ ठगी ७० प्रतिशत छ । 

झन्झटिलो कानूनी प्रक्रिया 

गिरोहसम्म पुग्न प्रविधिको अभाव त छ नै तर कानूनी प्रक्रिया झन्झटिलो भएका कारण गिरोहसम्म पुग्न थप कठिनाइ भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक शेखर खनालले बताउनुभयो । 

शुरुमा पीडित पक्षले प्रमाणसहित आएर उजुरी दिएको आधारमा सूचना लिन पाउँ भनी अदालतमा सरकारी वकिलमार्फत रिट दायर हुने गर्छ । सोही रिटका आधारमा अदालतले नेपाल टेलिकम, एनसेल सेन्टर र टेरेसा टेलिकमबाट सूचना पाउन स्वीकृति दिन्छ । 

अदालतबाट अनुमति पाइसकेपछि टेलिकमबाट लिएको तथ्यांकको आधारमा योजनाकारसम्म पुग्नेगर्छ । भारतसम्म पुगेर ठगीको मध्यस्तकर्तालाई पक्रन सके पनि प्रमुख योजनाकारसम्म भने प्रहरी पुग्न सकेको छैन । 

मोबाइल फोनबाट गिरोहलाई पक्रन सके पनि सामाजिक सञ्जालबाट हुने ठगीमा गिरोहलाई समात्न नेपालमा हालसम्म पनि प्रविधिको विकास भएको छैन । 

कानूनी प्रक्रिया पूरा गर्दासम्म गिरोहसमेत भागिसकेका हुन्छन् । प्रक्रिया पूरा गर्न मात्र प्रहरीलाई एक महिना समय लाग्ने गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से